January 24, 2017

आज काठमाडौंबाट प्रकाशित दैनिक पत्रपत्रिकाको फ्रन्टपेजः निर्वाचनसम्बन्धी विधेयक अघि बढ्यो, तीन विषयमा अझै विवाद

११ माघ, काठमाडौं । मंगलबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुले निर्वाचनसम्बन्धी विधेयकको प्रक्रिया अघि बढे पनि कहिले र कुन निर्वाचन गराउने ? भन्नेमा दलहरुबीच एकमत हुन नसकेको सन्दर्भका समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् ।patrapatrika

नयाँ पत्रिका दैनिकले महाराजगंजस्थित शिक्षण अस्पतालले निजी अस्पतालमा बिरामी रेफर गर्ने गरेको समाचारलाई मुख्य समाचार बनाएको छ । दुई वर्ष कर्मचारी भर्ना रोक्ने प्रस्ताव लोकसेवा आयोगले अस्वीकार गरेको समाचारलाई नयाँ पत्रिकाले महत्वका साथ प्रकाशित गरेको छ ।

 

अन्नपूर्ण पोस्ट् दैनिकले प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रधानन्यायाधीश सुशीला कार्कीले जारी समस्या समाधान गरिदिन आग्रह गरेको समाचारलाई प्राथमिकता दिएको छ । त्यस्तै, संसदमा सांसदहरुले देशमा बढ्दो राष्ट्रिय असुरक्षाबारे प्रधानमन्त्रीसँग स्पटीकरण मागेको समाचार छापिएको छ ।

राजधानी दैनिकमा निर्वाचनसम्बन्धी अन्योलसँगै चितवन राष्ट्रिय निकुञ्जमा २० अर्ना ल्याइएको समाचार महत्वका साथ प्रकाशित छ ।

नागरिक दैनिकले अपराधीलाई सहजै उन्मुक्ति दिँदा समाजमा महिला हिंसा बढेको सबाललाई मुख्य समाचार बनाएको छ । त्यस्तै भेरी बबई डाइभर्सनको बजेट स्थानान्तरण गर्न मन्त्रीहरु नै सक्रिय भएको समाचारलाई महत्व दिएको छ ।

कान्तिपुर दैनिकमा सांसदहरुले सहकारी ऐन पनि आफूअनुकुल बनाउन लागेको समाचारलाई प्राथमिकता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन