२ माघ, काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट बर्खास्त भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख लोकमानसिंह कार्की सपरिवार विदेश लागेका छन् ।
छोरा अभ्युदयमानसिंह कार्कीलाई शुक्रबार क्यानडा पठाएपछि लोकमानसिंह पत्नी सुनिता कार्कीलाई लिएर आइतबार बिहान दिल्लीतर्फ उडेका हुन् ।
आइतबार बिहान ९ बजेर ५ मीनेटमा नेपाल एयरलाइन्सको उडानबाट कार्की दम्पती दिल्लीतिर लागेका हुन् ।
कार्की परिवार दिल्लीमा स्वास्थ्योपचारका लागि केही दिन बस्ने र त्यसपछि क्यानडा जाने कार्यक्रम रहेको स्रोतले अनलाइनखबरलाई बतायो ।
कार्कीले केही महिनाअघि क्यानडा भ्रमणका क्रममा त्यहाँ छोराका नाममा घर समेत किनेको दाबी स्रोतले गरेको छ । तर, यसको पुष्टि हुन बाँकी छ ।
सुरक्षाकर्मी हेडक्वार्टर तानिए
यसैवीच लोकमानसिंह कार्कीले आफ्नो र घरको सेक्युरिटीमा प्रयोग गर्दै आएका तीन दर्जनभन्दा बढी प्रहरीहरु हेडक्वार्टरमा हाजिर भएका छन् । उनीहरुलाई अख्तियारमा समेत नराखी हेडक्वार्टर तानिएको स्रोतको भनाइ छ ।
उता पुरानो बानेश्वरमा सामसुङ कम्पनीका वितरक दीपक मल्होत्राले भाडामा लिएको लोकमानसिंहको घरमा समेत ५ जना प्रहरीलाई गार्डका रुपमा राखिएको पाइएको छ । मल्होत्राको कार्यालयलाई सुरक्षा प्रदान गरिरहेका ती प्रहरीहरु पनि हेडक्वार्टर फिर्ता भएका छन् ।
कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग
असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की
दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि
काठमाडौँ, भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द
कागबेनी (मुस्ताङ), भदौ १८ गते । मुस्ताङको कागबेनीमा केही समय अघि आएको बाढीपीडितका लागि राहत
व्यक्तिगत हित वा स्वार्थ पूर्तिका लागि सार्वजनिक ओहोदा वा पद, स्रोत वा सम्पत्तिको हानि नोक्सानी