मास्कमाण्डु, धुलो र बजारिया मास्क

काठमाडौं– तपाईं हामीमध्ये अधिकांशले सहरको धुलो, धुवाँ र चिसोबाट बच्न नाकमुख ढाक्नेगरी माक्स लगाउँछौं । विडम्बना ! हामीले प्रयोग गरिरहेको मास्कले धुलोधुवाँ छेक्न भने सक्दैन ।39957531-young-student-group-wearing-a-mask

काठमाडौं– तपाईंहामीमध्ये अधिकांशले सहरको धुलो, धुवाँ र चिसोबाट बच्न नाकमुख ढाक्नेगरी माक्स लगाउँछौं । विडम्बना ! हामीले प्रयोग गरिरहेको मास्कले धुलोधुवाँ छेक्न भने सक्दैन ।

मास्क प्रयोग गर्दा पनि आँखाले ठम्याउन नसकिने मसिना हानिकारक कण फोक्सोमा प्रवेश गर्ने अनुसन्धानले देखाएको छ । काठमाडौंको वायुमा २ दशमलब ५ माइक्रोमिटर (पिएम २.५) भन्दा पनि सूक्ष्म धुलोका कण भेटिएको छ । ती कण छेक्न बजारमा पाइने कपडा र सर्जिकल मास्कले नसक्ने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अनुसन्धानले देखाएको खबर आजको नागरिकमा छ ।

‘हामीले लगाउने सामान्य मास्कले मोटोमोटी धुलोधुवाँबाट त बचाउँछ तर छानीछानी हानिकारक धुलो भित्र पठाउँछ,’ परिषद्का सदस्यसचिव डा. खेमबहादुर कार्कीले भने, ‘त्यसकारण सकेसम्म ‘एन ९५’ र ‘एन ९९’ मापदण्डअनुसारका मास्क लगाउँदा उत्तम हुन्छ ।’

नेपाल हेल्थ रिसर्च काउन्सिलले सन् २०१५ मा गरेको एक अध्ययनले हानिकारक कण छेक्न नसक्ने मास्क प्रयोगले नौजनाको ज्यान गएको देखाएको थियो ।

कार्कीका अनुसार अहिले काठमाडौंमा प्रदूषण बढाउने कारक तŒव इँटा भट्टा र थोत्रा सवारीसाधन हुन् । त्यसमाथि मेलम्ची खानेपानी आयोजनाले पाइप लाइन बिच्छ्याउन सडक खन्दा प्रदूषण झनै डरलाग्दो बनेको छ । विस्तार गर्न भत्काइएका सडक अलपत्र छाड्दा पनि धुलोको प्रदूषण बढेको छ ।

रिषद्ले एक वर्षअघि गरेको अनुसन्धानले काठमाडौं उपत्यकामा बिहान ६ देखि ९ र साँझ ७ देखि ९ बजेसम्म अत्यधिक प्रदूषण हुने देखाएको थियो । उपत्यकाको अहिलेको प्रदूषण सूचक पनि खतरनाक छ । ‘२.५ माइक्रोमिटरभन्दा कम आकारका धुलोका कण सास लिँदा सोझै फोक्सोमा पुग्छन्’, कार्कीले भने । यस्ता कण छेक्ने एन ९५ र एन ९९ मापदण्डबाट बनेका मास्क महंगो भएकाले सबैको पहुँचमा नभएको उनले बताए । ‘त्यसैले पनि सरकारले बजारमा पाइने मास्कको सट्टा प्रदूषणबाट बचाउने खालको सस्तो मास्क प्रयोगमा ल्याउन आवश्यक छ,’ उनले थपे । एन ९५ र एन ९९ मापदण्डका मास्कको मूल्य ३ हजारदेखि ४ हजार रुपैयाँसम्म पर्छ ।

कार्कीले बिहान र बेलुकीको समय काठमाडौंमा अत्यन्तै प्रदूषण देखिएकाले श्वासप्रश्वास, मुटु, आँखा र छालाका रोगी बढेको बताए । ‘बिहान र बेलुकी बाहिर नहिँड्दा नै बेस हुन्छ,’ उनले भने, ‘सकेसम्म घाम लागेपछिमात्र बाहिर निस्कँदा राम्रो हुन्छ ।’
नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले पनि अहिले बजारमा रहेका मास्कको प्रयोगले उपत्यकाको धुलोबाट जोगिन नसकिने बताए । ‘हामीकहाँ प्रयोग हुने मास्कले कीटाणु र कणबाट बचाउँदैन,’ उनले भने, ‘हामीले प्रयोग गर्ने मास्कले मोटामोटी धुलो र बाहिरी गन्धलाई मात्र रोक्छ तर मसिना हानिकारक कीटाणु र धुलोका कण सहजै फोक्सोमा प्रवेश गर्छन् ।’

वातावरणविद् शिशिर शर्माका अनुसार प्रदूषणबाट बच्न २.५ माइक्रोमिटर साइजका कण पनि नछिर्ने गरी बनाइएका मास्क प्रयोग गनुपर्छ । ‘अहिले यो साइजमा बनेका ‘तोतो बोबो’ र ‘भोग मास’ गरी दुईवटा मास्क नेपालमा पाइन्छ’, उनले भने, ‘जसमा एन ९५ र एन ९९ मापदण्ड निर्धारण गरिएकाले मसिनो कण फोक्सोमा प्रवेश गर्न पाउँदैन ।’ यीमध्ये एन ९५ ले ९५ प्रतिशत हानिकारक कण रोक्छ भने एन ९९ ले ९९ प्रतिशत कण रोक्न मद्दत गर्छ । यी मापदण्ड युरोपियन ल्याबले निर्धारण गरेको वातावरणविद् शर्माले बताए ।

‘भारतका कतिपय सहरका तुलनामा काठमाडौंमा दसौं गुणा कम प्रदूषण छ,’ परिषद्का सदस्यसचिव डा. कार्कीले भने, ‘साना र थोत्रा सवारीसाधन सञ्चालन रोक्ने हो भने काठमाडौं अरु देशका सहरको तुलनामा सफा नै बन्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन