१७ भदाै, काठमाडौ । वन तथा भू–संरक्षण मन्त्रालयले ‘सामुदायिक वन आर्थिक निर्देशिका बनाउने भएकाे छ । वन तथा भू–संरक्षण मन्त्रालयले ‘सामुदायिक वन आर्थिक निर्देशिका बनाउने तयारी गरेको हाे । सरकारले सामुदायिक वनको खर्च व्यवस्थित र आम्दानी पारदर्शी गर्न निर्देशिका बनाउने तयारी गरिएकाे जानार्इएकाे छ ।
वन विभागले सामुदायिक वन उपभोक्ता समूहले खर्च कसरी गर्छ भन्ने विषयमा आँकडा नभएकाले आर्थिक स्रोतलाई पारदर्शी तथा व्यवस्थित बनाउन निर्देशिका बनाउने तयारी भएको वन विभागले जनाएको छ । आर्थिक निर्देशिका स्वीकृत भएपछि खर्च पारदर्शी र स्थानीयस्तरमा समेत सरलीकृत हुने विभागको भनाइ छ ।
विभागअन्तर्गत सामुदायिक वन महाशाखाका प्रमुख अनुपराज शर्माले अहिलेसम्म सामुदायिक वन क्षेत्रको आर्थिक आम्दानी र खर्च व्यवस्थित बनाउने कुनै नीति नभएकाले ‘सामुदायिक वन आर्थिक निर्देशिका बनाउने तयारी भइरहेको बताए ।
“देशभर करिब १९ हजार सामुदायिक वनले प्रत्यक्ष रूपमा कारोबार गर्छन्, तर आम्दानी र खर्चका विषयमा स्पष्ट रूपमा बाहिर आउन सकेको छैन,” उनले भने, “सामुदायिक वनको आर्थिक कारोबार व्यवस्थित गर्न निर्देशिका बनाउने तयारी गरेका हौं, तर हामीले कारोबार नियन्त्रण गर्न खोजेका छैनौ व्यवस्थित मात्रै गर्न लागेका हौं ।”
काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत
क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना
बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)
काठमाडौँ, र्वैशाख ८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न
चैत २५, काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ। इन्धनको मूल्यमा भएको
पोखरा, १६ चैत २०८२ । गण्डकी प्रदेशसभाले गण्डकी प्रदेश सडक ऐन, २०८१ लाई संशोधन गर्न