विदेशबाटै बढी पेन्सन बुझ्छन नेपाली

Note१६ भदौ, काठमाडौं । सेवा निवृत्त कर्मचारीले सरकारबाट भन्दा विदेशबाटै बढी पेन्सन बुझ्ने गरेको पाइएको छ । सरकारले गत आर्थिक वर्षमा सेवा निवृत्त कर्मचारी पेन्सनका लागि ४१ अर्ब ६ करोड रुपैयाँ बजेट खर्च गरेको छ ।

 यो रकम बढी भयो र राज्यले थेग्न सक्दैन भन्ने बहस चलिरहेको बेलामा विदेशमा सरकारी सेवाबाट निवृत्त भएका नेपालीले वर्षमा योभन्दा बढी रकम पेन्सन आइरहेको तथ्य सार्वजनिक भएको छ ।

नेपाल राष्ट्र बैंकले दिएको तथ्यांक अनुसार गत आर्थिक वर्षमा विदेशमा सरकारी सेवा गरेर निवृत्त भएका नेपालीले ४६ अर्ब ५१ करोड रुपैयाँ रकम पेन्सनवापत नेपाल भित्र्याएको छ । यो रकम भारतीय र बेलायती सेवामा काम गरेर अवकाश पाएका नेपालीले ल्याएको रकम हो ।

राष्ट्र बैंकका अनुसार यसमध्ये ८ अर्व ९९ करोड रुपैयाँ बेलायती सेनाबाट अवकाश पाएका नेपालीले र ३७ अर्ब ५२ करोड भारतीय सेनाबाट अवकाश पाएका नेपालीले पाउँदै आएको पेन्सन रकम हो । विदेशबाट पेन्सनका रुपमा नेपाल आउने रकम विदेशी मुद्रामै आउँछ । बेलायतबाट आउने पेन्सन भने घट्दो क्रममा र भातबाट आउने बढ्दो क्रममा रहकेो छ । आजको राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं, असोज ९ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ ।

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द

कागबेनीका बाढीपीडितलाई राहत वितरण

कागबेनी (मुस्ताङ),  भदौ १८ गते । मुस्ताङको कागबेनीमा केही समय अघि आएको बाढीपीडितका लागि राहत

बौद्धिक भ्रष्टाचारका पाटाहरू

व्यक्तिगत हित वा स्वार्थ पूर्तिका लागि सार्वजनिक ओहोदा वा पद, स्रोत वा सम्पत्तिको हानि नोक्सानी

ललिता निवास प्रकरणको प्रतिवेदन सिआईबीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बुझायो

काठमाडौँ, भदौ  ५ गते । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले ललिता निवासको सरकारी जग्गा हिनामिना