इटलीमा गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या ७३, हजारौं घरबारबिहिन

इटलीमा गएको शक्तिशाली भूकम्पमा कम्तीमा ७३ जनाको ज्यान गएको र हजारौं घरबारबिहिन भएको रोयटर्सले जनाएको छ । मध्य इटलीमा गएको भूकम्प ६ दशमलव २ रेक्टर स्केलको भएको युएस जिओलोजिकल सर्भेले जनाएको छ । भूकम्पमा कैयन व्यक्ति भत्केका घरहरुभित्र फसेका थिए ।

People walk along the road following a quake in Amatrice, central Italy, August 24, 2016. REUTERS/Remo Casilli TPX IMAGES OF THE DAY

स्थानीय समय अनुशार विहान ३ बजेर ३६ मिनेटमा भूकम्प गएको थियो ।

मध्य इटालियन शहर अकुमोलीमा पुरिएर एउटै घरका चारजनाको ज्यान गएको छ । ९ बर्ष र ८ महिनाका दुईजना बच्चाहरु उनीहरुका बाबुआमासँगै घरभित्र पुरिएका थिए । उद्दारकर्ताहरुले ८ महिनाको बच्चालाई कम्बलमा बेरेको अवस्थामा शव फेला पारेका थिए । बालककी हजुरआमाले रुदै भनिन् – ‘भगवानले सबैजनालाई एकैपटक लग्यो ।’

People stand along the road following a quake in Amatrice, central Italy, August 24, 2016. REUTERS/Remo Casilli

उद्दारका लागि सरकारले २६५ मिलियन डलरको आपतकालिन रकम निकाशा गरेको छ भने सेना परिचालन गरिएको छ । भूकम्पबाट इटलीका कैयन ऐतिहासिक शहरहरु ध्वस्त भएका छन् । अकुमोलीका मेयरका अनुशार त्यसक्षेत्रमा २५ सय भन्दा धेरै व्यक्ति घरबारबिहिन भएका छन् ।

ठूलो भूकम्पको झण्डै एकघण्टापछि ५ दशमलव ५ म्याग्निच्युटको पराकम्प गएको थियो । सन् २००९ मा इटलीमा गएको भूकम्पमा ३ सय भन्दा धेरैको ज्यान गएको थियो ।

 

People stand along a road following a quake in Amatrice, central Italy, August 24, 2016. REUTERS/Remo Casilli TPX IMAGES OF THE DAY

Rescuers works after a quake hit Amatrice, central Italy, August 24, 2016. REUTERS/Remo Casilli

A woman (2nd L) cries after been rescued from her home following a quake in Amatrice, central Italy, August 24, 2016. REUTERS/Remo Casilli TPX IMAGES OF THE DAY

A man is carried away after having been rescued alive from the ruins following an earthquake in Amatrice, central Italy, August 24, 2016. REUTERS/Remo Casilli

Rescuers carry a person on a stretcher following a quake in Amatrice, central Italy, August 24, 2016. REUTERS/Remo Casilli

A bust is seen on the ground following an earthquake in Accumoli di Rieti, central Italy, August 24, 2016. REUTERS/Steve Scherer

A man is rescued alive from the ruins following an earthquake in Amatrice, central Italy, August 24, 2016. REUTERS/Remo Casilli

तस्विरहरु : रोयटर्स

– See more at: http://www.khasokhas.com/?p=1288#sthash.5bPW668d.dpuf

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा