August 23, 2016

अक्षय बराबारको पारिश्रमिक लिन्छिन् ज्याकलिन

चलचित्र ‘जोली एलएलबी २’का लागि बलिउडका सफल नायक अक्षय कुमारले दैनिक १ करोड पारिश्रमिक लिएको चर्चा छ । बिहान १० बजेदेखि बेलुकी ८ बजेसम्म अक्षयले काम गर्ने गरेका छन् ।

अक्षयले यो चलचित्रबाट करिब ५० करोड हारहारीको पारिश्रमिक पाउने देखिएको भारतीय मिडियाको दाबी छ । अब, अक्षयकै शैलीमा एक बलिउड नायिकाले पारिश्रमिक लिएकी छिन् ।

मिडियाको दाबीलाई मान्ने हो भने, नायिका ज्याकलिन फर्नान्डेजले एक रियालिटी शोमा निर्णायक हुनका लागि १ भागको १ करोड लिने गरेको चर्चा छ । ‘झलक दिखला जा’मा ज्याकिलनले हरेक भागको १ करोड लिने गरेकी छिन् । यो शो हरेक शनिबारमात्र प्रशारण हुँदै आएको छ ।

बलिउडमा चर्चा कम हुन थालेपछि कलाकाररुले टेलिभिजनका यस्ता रियालिटी शो रोज्ने गरेका छन् । तर, ज्याकलिन भने सफलतामा दौडिरहेको समयमा नै निर्णायक बन्न राजी भएकी थिइन् । राम्रो पारिश्रमिक पाएपछि उनले यो फैसला गरेको विश्लेषण गरिएको छ ।

तर, ज्याकलिनले यो कुरा अस्विकार गर्दै आफूले सामान्य भन्दा सामान्य दर्शककोमा पुग्नका लागि यो शो रोजेको बताएकी छिन् । उनले आफू चलचित्रको पर्दामा देखिए जस्तो रियल लाइफमा नभएको स्पष्ट पार्न पनि टेलिभिजन शोमा आएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा