एमाले अध्यक्ष ओली मतदातासँगको भेटघाटमा सक्रिय

फाल्गुन ४, दमक ।  केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली सोमबार बिहानदेखि दमकमा मतदातासँग प्रत्यक्ष भेटघाट तथा घरदैलो कार्यक्रममा सक्रिय रहनुभएको छ। झापा क्षेत्र नं. ५ अन्तर्गत दमक–५ को यलम्बर चोकबाट भेटघाट कार्यक्रम सुरु गरिएको हो।

भेटघाटका क्रममा स्थानीय मतदाताहरूले आफूहरू मत परिवर्तन गर्ने पक्षमा नरहेको बताउँदै अध्यक्ष ओलीलाई ढुक्क भएर अघि बढ्न आग्रह गरेका छन्। औपचारिक रूपमा चुनावी प्रचार–प्रसार सुरु भएसँगै मतदाता तथा शुभेच्छुकहरूले नाचगानसहित अध्यक्ष ओलीको स्वागत गरेका थिए।

क्षेत्र नं. ५ का चुनाव प्रचार–प्रसार समिति संयोजक तथा एमाले केन्द्रीय सदस्य इन्द्र भण्डारीका अनुसार अध्यक्ष ओलीले सोमबार अपराह्न ३ बजेसम्म दमक–६ को शंखधर चोक, दमक–७ को तवनि चौक तथा वडा नं. १ स्थित हवल्दार चौकमा मतदाता तथा स्थानीयसँग भेटघाट गर्नुहुने कार्यक्रम छ।

यसैगरी अपराह्न ३ बजे दमक–२ स्थित दमक फन पार्कमा आयोजित भेटघाट कार्यक्रममा सहभागी हुने र साँझ ४ बजे दमक–३ स्थित आमचोकमा पुगेर मतदातासँग संवाद गर्ने कार्यक्रम तय भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

माओवादी १२० सिटबाट खुम्चिएर २–३ सिटमा सीमित भयो, अहिले पार्टी नै रहेन : जनार्दन शर्मा

फागुन १,काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले तत्कालीन माओवादी केन्द्रभित्र आफ्नो आवाज सुन्ने

शुभेच्छुकको भीड छिचोल्दै पूर्वराजा शाह विमानस्थलबाट निर्मल निवासतर्फ

शुक्रबार, फागुन १,  काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन निर्वाचन आयोगको आग्रह

काठमाडौं, माघ २९ निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूलाई आगामी फागुन ३ गतेभित्र आफ्नो निर्वाचन

काठमाडौँ महानगरपालिकाबाट कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपकरण खरिदमा सहयोग

काठमाडौँ, माघ २७ गते । काठमाडौँ महानगरपालिकाले कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपकरण खरिदका लागि सहयोग गर्ने

भ्रष्टाचार नियन्त्रण सरकारको दायित्व : प्रमुख आयुक्त राई

काठमाडौँ, माघ २६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण गर्ने

व्यक्तिगत डाटा संरक्षण कानुन नहुँदा चोरी र दुरुपयोग बढ्दै

 माघ २० , काठमाडौं। नेपालमा व्यक्तिगत डाटा संरक्षणसम्बन्धी स्पष्ट कानुन र प्रभावकारी नियमन नहुँदा डाटा