शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत गएका छैनन्। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरू निर्वाचन आयोगको निर्णयविरुद्ध रिट दर्ता गर्न सर्वोच्च पुगे पनि कोइराला पक्ष अदालत नगएको हो। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा विमलेन्द्र निधि, प्रकाशमान सिंह, एनपी साउद, मीनबहादुर विश्वकर्मालगायत देउवा पक्षका नेताहरूले निर्वाचन आयोगको निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका छन्।

तर कोइराला पक्षका नेताहरूले अदालत जाने बाटो नअपनाउने निर्णय गरेका छन्। कोइरालानिकट एक नेताले विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापाको नेतृत्वमा बनेको कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिइसकेको अवस्थामा अदालत धाउने आवश्यकता नरहेको बताए। ‘चारतारे झन्डा र रूख चिह्न जहाँ छ, त्यही कांग्रेस हो भन्ने हाम्रो स्पष्ट धारणा छ,’ ती नेताले भने।

कोइरालानिकट निवर्तमान केन्द्रीय सदस्य सञ्जय गौतमले व्यक्तिगत रूपमा आफू अदालत नगएको पुष्टि गर्दै पार्टीको पक्षमा जाने विषयमा आपत्ति नरहेको बताए। देउवा पक्ष सर्वोच्च पुगे पनि कोइराला पक्षका निवर्तमान उपसभापति धनराज गुरुङ तथा निवर्तमान सहमहामन्त्रीहरू बद्रीप्रसाद पाण्डे र जीवन परियारलगायत नेताहरू अदालत गएका छैनन्।

यसैबीच, नेता कोइरालाले आज दिउँसो १ बजे आफूनिकट नेताहरूसँग आन्तरिक छलफलका लागि बैठक बोलाएका छन्। हिजो बिहान पनि उनले बिशालनगरस्थित सम्पर्क कार्यालयमा नेताहरूसँग परामर्श गरेका थिए। सो छलफलमा अधिकांश नेताहरूले आगामी निर्वाचनमा सहभागी हुनुपर्ने र पार्टी एकता मजबुत बनाउन सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन