पुस १७, काठमाडौं ।
आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र टोपी दिवस देशभर विविध कार्यक्रमसहित मनाइएको छ। यस वर्ष ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ काठमाडौंको वसन्तपुरमा विभिन्न युवा संस्थाहरूको आयोजनामा विशेष कार्यक्रम गरिएको हो।
कार्यक्रममा सहभागीहरूले नेपाली मौलिक पोशाक दौरा–सुरुवाल, ढाका टोपी तथा गुन्यु–चोली लगाएर नाचगान गर्दै राष्ट्रिय पहिचानको उत्सव मनाए। साथै सहभागीहरूबीच शुभकामना आदान–प्रदान गरिएको थियो।
नेपाली पहिचानका प्रतीकका रूपमा रहेका दौरा–सुरुवाल, ढाका टोपी र गुन्यु–चोलीको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले २०७० सालदेखि सुरु गरिएको राष्ट्रिय पोशाक र टोपी दिवस हरेक वर्ष जनवरी १ मा मनाइँदै आएको छ। पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालको माध्यमबाट यसको प्रचार–प्रसार अझ व्यापक बन्दै गएको छ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन