काठमाडौँ, पुस १३ । सर्वोच्च अदालतमा आइतबार बैंकिङ कसुरसम्बन्धी २४६ वटा मुद्दाको एकै दिन पेसी तोकिएको छ। तीन वटा इजलासमा यी मुद्दाहरूको सुनुवाइका लागि पेसी तोकिएको हो।
न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले गत भदौ २४ गते भएको आगजनीका कारण बैंकिङ कसुरसम्बन्धी १२२ वटा मुद्दाको मिसिल जलेको भन्दै ती मिसिल पुनः प्राप्त गर्न आदेश दिएको सर्वोच्च अदालतले जनाएको छ।
त्यस्तै, न्यायाधीशद्वय शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा रहेको गोपालप्रसाद तिमिल्सेनासम्बन्धी बैंकिङ कसुरको मुद्दा ‘हेर्न नमिल्ने’मा राखिएको छ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश मेघराज पोखरेलको संयुक्त इजलासमा मात्रै १२३ वटा बैंकिङ कसुरका मुद्दा परेका छन्। तीमध्ये १२ वटा मुद्दाका मिसिल पनि आगजनीका कारण जलेका छन्।
सर्वोच्चका अनुसार एउटै व्यक्तिका धेरै मुद्दा हुनु तथा अधिकांश बैंकिङ कसुरका मुद्दाहरू एउटै इजलासमा परेको कारण एकै दिन धेरै मुद्दाको पेसी देखिएको हो। प्रधानन्यायाधीश राउत र न्यायाधीश पोखरेलको इजलासमा चिरन बादे श्रेष्ठ र अखिल देवकोटाले संयुक्त रूपमा नेपाल सरकारलाई विपक्षी बनाएर दायर गरेका ३० वटा बैंकिङ कसुरसम्बन्धी मुद्दा पनि सुनुवाइका लागि पेसीमा राखिएको छ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन