रवि–बालेनको सहमतिप्रति हर्क साम्पाङको कडा टिप्पणी

विराटनगर, पुस १३ । चुनावको मिति घोषणा भएपछि श्रम संस्कृति पार्टी गठन गरी चुनावी प्रचारमा सक्रिय धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नयाँ तथा वैकल्पिक राजनीतिक शक्ति भनिएका दल र नेताहरूप्रति कडा टिप्पणी गर्दै आएका छन्।

सामाजिक सञ्जालमार्फत उनले उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ, काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि विदेशीको इसारामा चलेको आरोप लगाएका छन्। पछिल्लो समय उनले परम्परागत ठूला दलभन्दा पनि नयाँ दल र नेताहरूमाथि बढी आक्रामक अभिव्यक्ति दिँदै आएका छन्।

हालै रास्वपा सभापति लामिछाने र मेयर साहबीच भएको सातबुँदे सहमतिप्रति प्रतिक्रिया दिँदै साम्पाङले उक्त सहमतिलाई विदेशीको प्रभावमा भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, “फटाहाहरू… सिंहदरबार जलाउने र जेन–जीको हत्या गर्नेहरूले विदेशीको इसारामा देश चलाउने रे !”

साम्पाङले थप टिप्पणी गर्दै जनतामा जान नसक्नेहरूले प्रधानमन्त्री बन्ने सपना देखेको आरोप लगाएका छन्। साथै, मिडिया ट्रायलमार्फत प्रधानमन्त्री घोषणा गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा