मंसिर २५, काठमाडौं ।
सर्वोच्च अदालतको आदेशपछि नेपाल विद्युत प्राधिकरण (नेविप्रा) मा कार्यकारी निर्देशकका रूपमा पुनर्बहाली भएका हितेन्द्रदेव शाक्यले बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङसँग भेटवार्ता गरेका छन्। भेटमा मन्त्री घिसिङले जिम्मेवारी बोध गर्दै परिणाममुखी ढंगले काम गर्न निर्देशन दिएका हुन्।
शाक्य जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको अवस्थामा सर्वोच्च अदालतले उनलाई पुनर्बहाली गर्न आदेश दिएको थियो। अदालतको आदेशपछि हिजो मात्र कार्यभार सम्हालेका शाक्य आज मन्त्री भेट्न मन्त्रालय पुगेका थिए।
भेटका क्रममा शाक्यले विगतमा पनि मन्त्री घिसिङसँग सहकार्य गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि निर्देशनअनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन्।
मन्त्री घिसिङले आफूले शाक्यलाई सल्लाहमै जल तथा ऊर्जा आयोगमा पठाएको स्मरण गर्दै अदालतको आदेशलाई सम्मान गर्ने बताए। तर अदालतबाट फर्किएको आधारमा दम्भ प्रदर्शन नगर्न चेतावनी पनि दिए।
उनका अनुसार, “अदालतले पुनर्बहाली गरिदिँदा त्यसलाई दम्भ बनाएर आफूखुसी चल्न खोज्नु हुँदैन।”
नेविमा अत्यावश्यक सामग्रीको अभाव भएको बताउँदै उनले प्राधिकरणको काममा तत्काल परिणाम देखिनुपर्ने आवश्यकता औँल्याए।
स्रोतका अनुसार मन्त्री घिसिङले भनेका छन्, “मलाई नतिजा चाहिन्छ। राम्रो काम गर्ने हो भने शत्रुलाई पनि जिम्मेवारी दिन सक्छु, तर नतिजा नआए फेरि अन्य विकल्प सोच्नुपर्छ।”
मन्त्रालयले शाक्यसँग प्राधिकरणको सुधार, आपूर्ति सुदृढीकरण र ऊर्जा व्यवस्थापनमा प्रभावकारी कामको अपेक्षा राखेको जनाएको छ।
काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका
काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने
काठमाडौं, ११ फागुन। झापा निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन)ले
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर