अब हुने निर्वाचनमा एमाले बहुमतसहित विजयी हुन्छ : अध्यक्ष ओली

मंसिर २१, काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र निष्पक्ष हुनुपर्नेमा पार्टीको जोड रहेको बताएका छन्। शनिबार च्यासलस्थित पार्टी मुख्यालयमा ‘नवयुग ई–बुलेटिन’ शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचन फागुन २१ गते हुने अवस्था नरहे पनि कुनै पनि दिन हुने निष्पक्ष निर्वाचनको एमालेले प्रतीक्षा गरिरहेको स्पष्ट पारे।

ओलीले आगामी निर्वाचनमा एमाले बहुमतसहित फर्किने दाबी गर्दै पुराना पार्टीहरू सकिए भन्ने भ्रममा नपरन चेतावनी दिए। उनका अनुसार निर्वाचनपछि पनि पुराना दलकै नेतृत्वमा सरकार बन्ने सम्भावना कायमै छ। उनले एमाले कुनै समीकरण बदल्ने खेलमा नरहेको तथा सरकार ढाल्ने प्रयत्नमा नलागेको स्पष्ट गरे।

अध्यक्ष ओलीले भदौ २३ र २४ का घटनापछि देश प्रतिगमनतर्फ धकेलिएको आरोप लगाउँदै त्यसलाई हटाई देश र संविधानलाई मूल धारमा फर्काउनु आजको प्रमुख आवश्यकता रहेको बताए। समसामयिक राजनीतिक अवस्थाको आलोचना गर्दै उनले ‘विधि प्रक्रिया बिना कुर्सीमा बसेर आफूलाई सरकार घोषणा गरिएको’ दाबी गरे।

उनले आफूलाई पक्राउ गर्न खोजिएको भन्दै वर्तमान सरकारले प्रमाण जुटाउन चुनौती पनि दिए। असंवैधानिक सरकारले असंवैधानिक ढंगले विघटन गरेको प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने माग दोहोराउँदै ओलीले संविधान, लोकतन्त्र, सुशासन र विकासको पक्षमा एमाले निरन्तर गतिशील रहेको दाबी गरे।

अध्यक्ष ओलीले देश अहिले विभाजित अवस्थामा रहेको उल्लेख गर्दै यस्तो बेला एमालेका गतिविधि प्रभावकारी ढंगले सम्प्रेषण गर्नुपर्ने आवश्यकता औंल्याए। साथै, विश्व मञ्चमा नेपालको पहिचान स्थापित गर्ने कार्य एमालेकै नेतृत्वमा सफलतापूर्वक अघि बढेको दाबी पनि उनले गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा