काठमाडौँ, असोज ६ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पुनर्गठनसहित ४ बुँदे प्रस्ताव अघि सारेका छन्। आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा उनले उक्त प्रस्ताव प्रस्तुत गरेका हुन्।
प्रचण्डको प्रस्तावअनुसार वर्तमान केन्द्रीय समिति, स्थायी समिति र पदाधिकारी संरचना भंग गरी आगामी मङ्सिर महिनाभित्र विशेष महाधिवेशन सम्पन्न गर्ने तयारी गरिएको छ। महाधिवेशन तल्लो तहका संगठनबाट सुरु गरी नयाँ संरचना निर्माण गर्ने योजना रहेको उनको भनाइ छ।
उनले पार्टी नेता–कार्यकर्तालाई विशेष महाधिवेशनको तयारीमा जुट्न आह्वान गर्दै, नयाँ संरचनाबाट संगठनलाई सबल, अनुशासित र जनतामुखी बनाएर आगामी राजनीतिक यात्रामा अघि बढ्ने धारणा राखे।
यसैगरी, प्रचण्डले फागुन २१ गते हुने निर्वाचनलाई सफल बनाउन पार्टीतर्फबाट आवश्यक वातावरण निर्माण गर्ने प्रस्ताव पनि बैठकमा प्रस्तुत गरेका छन्।
२९ असोज २०८३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक खाता खोल्न, केवाईसी अद्यावधिक गर्न तथा
असोज २८, काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा
आश्विन २६,काठमाडौं । भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा.
काठमाडौँ, असोज २४। उपत्यकामा एउटा ब्रान्डको ग्यास सिलिन्डर अर्कोसँग सहजै साट्न नपाएर हैरानी खेपिरहेका उपभोक्ताका
असोज १८, काठमाडौं । उच्च अदालत पाटनले प्रमाणीकरण भएका फैसलालाई विद्युतीय प्रणालीमा प्रविष्ट गरी अभिलेखीकरण
जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य