काठमाडौँ, भदौ १९ गते । नेपाल सरकारको निर्णय अनुसार सूचीकरणका लागि तोकिएको समयमा सम्पर्कमा नआएका सामाजिक सञ्जाल बन्द गरिने भएका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बिहीबार बसेको बैठकले सात दिनभित्र सम्पर्कमा नआएका सबै सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
मन्त्री गुरुङ, मन्त्रालयका उच्च अधिकारी, नेपाल दूरसञ्चार प्राधिकरणका पदाधिकारी, टेलिकम अपरेटर तथा इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरू सहभागी बैठकपछि उक्त निर्णय सार्वजनिक गरिएको हो ।
यसअघि, सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले सामाजिक सञ्जाल सूचीकरण सम्बन्धी निर्देशनात्मक आदेश जारी गरेको थियो । उक्त आदेशअनुसार मन्त्रिपरिषद्ले भदौ ९ गते बैठकमार्फत सामाजिक सञ्जाल सूचीकरणका लागि अनुरोध गर्ने निर्णय गरेको थियो । त्यसअनुसार सञ्चार मन्त्रालयले भदौ १२ गते सार्वजनिक सूचना जारी गर्दै तोकिएको अवधिभित्र सूचीकरण गर्न आग्रह गरेको थियो ।
तर तोकिएको अवधिभित्र सम्पर्कमा नआएका सामाजिक सञ्जाललाई बन्द गर्न मन्त्रालयले बिहीबार नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । साथै, सूचीकरण प्रक्रिया पूरा भएपछि पुनः सक्रिय गर्न सकिने व्यवस्था पनि गरिएको मन्त्रालयले जनाएको छ ।
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम” पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
काठमाडौं, पुस २५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकै दिन ३३ जना नयाँ केन्द्रीय सदस्य