नेपालमा लगानी गर्न कुनै अवरोध छैन : प्रधानमन्त्री ओली

काठमाडौँ, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी तथा उद्यम गर्न कुनै अवरोध नरहेको बताएका छन्।

भृकुटीमण्डपमा आयोजित १७ औँ नाडा अटो शोको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विज्ञान, अनुसन्धान र प्रविधिको विकाससँगै नेपालले पनि ती उपलब्धिहरूको सहज उपभोग गर्ने वातावरण बनाइरहेको बताए।

उनीहरूले युवालाई नयाँ ढङ्गले काम गर्न सरकारबाट आवश्यक सहयोग उपलब्ध गराइने विश्वास दिलाए। “अग्रगमन र आधुनिकीकरणका लागि आवश्यक नीतिगत व्यवस्था र पूर्वाधार विकास गरेका छौँ। लगानी र काम गर्न कुनै बाधा छैन,” प्रधानमन्त्री ओलीले भने।

उनका अनुसार उत्तर र दक्षिणतर्फ नयाँ र पक्की सडक मार्ग निर्माण भइरहेको छ भने अन्तर्राष्ट्रिय विमानस्थल थपिएका छन्। उनले हरित उर्जा, मिथेन ग्यास र धौवादी फलामको उत्पादन तथा प्रयोग सुरु भइसकेको उल्लेख गर्दै प्रविधिको रूपान्तरण विकास र समृद्धितर्फको मार्ग हो भन्नेमा जोड दिए।

प्रधानमन्त्री ओलीले उद्यमी तथा लगानीकर्ताहरुलाई ढुक्कसँग अघि बढ्न र देशको विकासका लागि योगदान दिन आह्वान गर्नु भएको छ ।।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

रास्वपाको केन्द्रीय समिति विस्तारप्रति असन्तुष्टि, बालेनको कोटाबाट आएका नामबारे आन्तरिक आलोचना

काठमाडौं, पुस २५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकै दिन ३३ जना नयाँ केन्द्रीय सदस्य

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण