सामाजिक सञ्जाल कानुनी दायरामा ल्याइनुपर्छ : प्रधानमन्त्री ओली

ललितपुर, साउन ३० गते (रासस) — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिनुभएको छ।

आइसिटी फाउण्डेशनद्वारा शुक्रबार यहाँ आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालहरूलाई नेपालको प्रचलित कानुनअनुसार दर्ता गराउनुपर्ने, कर तिर्नुपर्ने र अन्य कानुनी दायित्व पूरा गर्नुपर्ने बताउनुभयो। उहाँका अनुसार यस सम्बन्धमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई यसअघि नै आवश्यक निर्देशन दिइसकिएको छ।

“नेपालमा हुने सबै किसिमका सूचना प्रविधि–सम्बन्धी कारोबारबारे सरकारले जानकारी राख्नुपर्छ। नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जालले कानुनअनुसार दायित्व पूरा गर्नुपर्छ र कर तिर्नुपर्छ,” प्रधानमन्त्री ओलीले भन्नुभयो।

उहाँले सूचना प्रविधिको विकास र प्रवर्द्धनमा सरकारले जनताको चाहनाअनुसार ध्यान दिने, स्वदेश तथा विदेशमा लगानी गरेर आम्दानी गर्ने अवसरलाई आत्मविश्वासका साथ अघि बढाउन निजी क्षेत्रलाई प्रोत्साहन गरिने स्पष्ट पार्नुभयो।

प्रधानमन्त्री ओलीले सूचना प्रविधिको तीव्र विकासले समाजमा व्यापक परिवर्तन ल्याइरहेको उल्लेख गर्दै, पुुष्पलाल मध्यपहाडी राजमार्ग यात्राका क्रममा रुकुमको दुर्गम गाउँका वृद्ध आमाहरूले समेत फेसबुक प्रयोग गर्न थालेको देख्दा खुसी लागेको स्मरण गर्नुभयो।

उहाँले नेपाललाई डिजिटल प्रविधि र हरित ऊर्जाको लागि उपयुक्त गन्तव्यका रूपमा वर्णन गर्दै, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रभावकारी उपयोगद्वारा विकास र समृद्धिमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

गत वर्षदेखि अनलाइन माध्यममार्फत एसईईका विद्यार्थीलाई उपलब्ध गराइएको शिक्षण सेवाबाट १ लाख ५० हजारभन्दा बढी विद्यार्थी लाभान्वित भई नतिजामा सुधार आएको अनुभव पनि उहाँले सुनाउनुभयो। बालबालिकालाई मोबाइलको दुरुपयोगबाट जोगाउँदै शिक्षा र विकासमा यसलाई सदुपयोग गर्नुपर्ने उहाँको भनाइ थियो।

एआई नीति हालै पारित भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सूचना प्रविधि क्षेत्रको रूपान्तरण र सुधारमा सरकार केन्द्रित रहेको बताए। उहाँका अनुसार विकासका उपलब्धि नदेखेर नियतवश निराशा फैलाउने प्रयासहरू भइरहेको भए पनि सरकारले स्थिरता, सुशासन र विकासका लागि सूचना प्रविधिको उपयोगमा स्पष्ट नीति लिएको छ।

सुशासन कायम गर्न पनि सूचना प्रविधिको प्रयोग अपरिहार्य भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसबाट मानव आचरणमा सुधार ल्याई भ्रष्टाचार शून्यमा पुयाउन सकिने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

रास्वपाको केन्द्रीय समिति विस्तारप्रति असन्तुष्टि, बालेनको कोटाबाट आएका नामबारे आन्तरिक आलोचना

काठमाडौं, पुस २५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकै दिन ३३ जना नयाँ केन्द्रीय सदस्य

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण