August 14, 2025

सरकारले राष्ट्रिय एआई नीति–२०८२ स्वीकृत गर्‍यो

काठमाडौँ, साउन २९ — सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति–२०८२ स्वीकृत गर्ने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावलाई साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको हो।

नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिनुभयो। उहाँले बैठकका अन्य निर्णयहरूबारे पनि सार्वजनिक गर्नुभयो।बैठकले नागढुङ्गा सुरुङमार्ग प्रयोगका लागि शुल्क निर्धारण गरेको छ। तोकिएको शुल्क यसप्रकार छः

  • कार/भ्यान: काठमाडौँ आउँदा रु. ६५, जाँदा रु. ६०

  • मिनीबस/ट्रक: काठमाडौँ आउँदा रु. ११५, जाँदा रु. ८०

  • बस/ठूलो ट्रक: काठमाडौँ आउँदा रु. २६०, जाँदा रु. २००

  • भारी उपकरण: काठमाडौँ आउँदा रु. ६००, जाँदा रु. २५०

अन्य प्रमुख निर्णयहरू:

  • राष्ट्रिय समाचार समिति (रासस) का रिक्त महाप्रबन्धकमा पाँचथरका सन्दीप राईको नियुक्ति।

  • मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई आगामी भदौ १५–२१ सम्म स्विट्जरल्यान्डमा हुने “स्टडी टुर अन इन्टर–गर्भरमेन्टल अपरेसन एन्ड कम्पिटिसन इन द स्विस फेडरल सिस्टम” कार्यक्रममा सहभागी हुन स्वीकृति।

  • उपमहालेखा परीक्षक बिन्दु विष्टलाई असोज ६–१० सम्म फिलिपिन्समा हुने एएसओएसएआई कार्यशालामा सहभागी हुन स्वीकृति।

  • दक्षिण कोरिया सरकारबाट गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकासका लागि प्राप्त हुने ९० लाख अमेरिकी डलर (करीब रु. १ अर्ब २५ करोड) अनुदान सहायता स्वीकृति।

  • आर्थिक वर्ष २०८२/८३ का लागि मोटा धानको न्यूनतम समर्थन मूल्य रु. ३,४६३.८१ प्रति क्विन्टल र मध्यम धानको रु. ३,६२८.३३ प्रति क्विन्टल निर्धारण।

  • ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीलाई भदौ ३१–असोज २ सम्म दक्षिण कोरियामा हुने ग्लोबल इन्फ्रास्ट्रक्चर कोअपरेसन कन्फ्रेन्स–२०२५ मा सहभागी हुन स्वीकृति।

  • राष्ट्रिय सहकारी नियमन प्राधिकरणको रिक्त विज्ञ सदस्यमा भक्तपुरका डा. रमेश प्रसाद चौलागाईको नियुक्ति।

जग्गा प्रयोगसम्बन्धी निर्णयहरू:

  • बाजुराको बाँध गाउँपालिका–४ स्थित ७,४८५ वर्गमिटर सरकारी जग्गा प्रशासकीय भवन निर्माणका लागि हिमाली गाउँपालिकालाई स्वीकृति।

  • तेहथुमको म्याङलुङ गाउँपालिका–९ मा रहेको ०–१४–०–२ क्षेत्रफलको सरकारी जग्गा जिल्ला अनुसन्धान निवारण मन्त्रालयको भवनका लागि स्वीकृति।

  • बाजुराको बाँध गाउँपालिका–४ मा रहेको २३,०५५ वर्गमिटर जग्गा धुलाचौर स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि हिमाली गाउँपालिकालाई स्वीकृति।

वैदेशिक भ्रमण तथा अन्य निर्णयहरू:

  • भदौ २४–२६ सम्म फिलिपिन्सको मनिलामा हुने एशिया–प्यासिफिक रोड सेफ्टी कन्फ्रेन्समा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई स्वीकृति।

  • नेपाली सेनाका एक उपरथीको वैदेशिक भ्रमण स्वीकृति तथा एक सहायक रथीको पदावधि थप।

  • असोज २–३ मा ब्राजिलको फोर्टालेजामा हुने “सेकेन्ड ग्लोबल समिट अफ स्कुल मिल्स” मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवलाई स्वीकृति।

  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतका रोजगार सेवा केन्द्रका लागि ७२५ अस्थायी दरबन्दी स्वीकृति।

  • असोज ७–१७ मा क्यानाडाको मन्ट्रियलमा हुने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइसिएओ) को ४२औँ अधिवेशनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई स्वीकृति।

  • सार्वजनिक खरिद ऐन, २०६३ अन्तर्गत ‘बाधा अड्काउ फुकाउ आदेश’ जारी।

  • सेवाप्रदायकमार्फत सार्वजनिक पूर्वाधारको सञ्चालन, व्यवस्थापन र मर्मतसम्बन्धी निर्देशिका–२०८२ स्वीकृति।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

रास्वपाको केन्द्रीय समिति विस्तारप्रति असन्तुष्टि, बालेनको कोटाबाट आएका नामबारे आन्तरिक आलोचना

काठमाडौं, पुस २५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकै दिन ३३ जना नयाँ केन्द्रीय सदस्य

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण