कारागार अनुगमनपछि मानवअधिकार आयोगको टिप्पणी : रवि लामिछानेको कोठामा दुई पंखा, तर झ्याल बन्द, झ्याल खोल्ने व्यवस्था मिलाउने कारागार प्रशासनको प्रतिबद्धता

रुपन्देही, साउन २६ — राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राखिएको भैरहवा कारागारको सोमबार अनुगमन गरेका छन्। अनुगमनपछि उनीहरूले कारागारभित्र आधारभूत सुविधा अभाव रहेको निष्कर्ष निकालेका छन्।

आयोगकी प्रवक्ता लिली थापाले कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी राखिएको मुख्य समस्या रहेको बताइन्। उनका अनुसार, पर्याप्त संख्यामा शौचालय छैनन् र रहेका शौचालयहरूको अवस्था पनि सन्तोषजनक छैन।

रविलाई राखिएको ब्लकमा हावा पास हुने व्यवस्था न्यून रहेको थापाको भनाइ छ। उनले भनिन्, “उहाँ बस्ने कोठामा पंखा त छ, तर झ्यालहरू टालिएका रहेछन्। जेल प्रशासनले सुरक्षा कारण देखाएर यस्तो गरेको बताए। हाम्रो आग्रहपछि उनीहरूले झ्याल खोल्ने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका छन्।”

थापाले कोठाभित्र एयर कन्डिसन (एसी) नभएको पनि स्पष्ट पारिन्। साथै, अदालतको आदेश हुँदाहुँदै पनि रविलाई स्थानान्तरण नगरेको विषयमा आयोगले गम्भीर ध्यानाकर्षण भएको बताइन्। “यसबारे कारागार व्यवस्थापन विभागसँग छलफल गरिनेछ,” उनले भनिन्।

उनका अनुसार, कारागारमा पत्रपत्रिका नआउने भएकाले रवि लामिछाने उक्त सुविधाबाट पनि वञ्चित छन्।

इन्सेककी प्रतिनिधि रिमा बिसीले कोठाभित्र दुईवटा पंखा रहेको पुष्टि गरिन्। उनले भनिन्, “एउटा ठूलो फलामको पंखा र अर्को स्ट्यान्ड पंखा छ। तर झ्यालहरू खोलिएका छैनन्। प्रशासनले नजिकै घरहरू हुनु र सर्पदंशको सम्भावना देखाउँदै झ्यालहरू बन्द गरिएको बताएको छ। तर हामीले मोटो जाली वा डन्डी राखेर भए पनि झ्याल खोल्न सुझाव दियौँ, जसलाई उनीहरूले स्वीकार गरेका छन्।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

रास्वपाको केन्द्रीय समिति विस्तारप्रति असन्तुष्टि, बालेनको कोटाबाट आएका नामबारे आन्तरिक आलोचना

काठमाडौं, पुस २५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकै दिन ३३ जना नयाँ केन्द्रीय सदस्य

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण