
सिड्नी, साउन १९ गते। अस्ट्रेलियाली प्रहरीले एक चिनियाँ नागरिकविरुद्ध विदेशी सरकारको पक्षमा जासुसी गरेको आरोपमा ‘लापरबाहीपूर्ण विदेशी हस्तक्षेप’ सम्बन्धी मुद्दा दायर गरेको छ।
अस्ट्रेलियाली सङ्घीय प्रहरी (AFP) का सहायक आयुक्त स्टिफन नटका अनुसार ती महिलाले क्यानबेरास्थित ‘गुआन यिन सिट्टा बुद्धिस्ट एसोसिएसन’का गतिविधिबारे गोप्य रूपमा सूचना संकलन गरिरहेकी थिइन्। प्रारम्भिक अनुसन्धानमा ती महिलाले आफू चीनको सार्वजनिक सुरक्षा ब्युरो (Public Security Bureau) को निर्देशनमा कार्य गरिरहेको स्वीकारेको प्रहरीको भनाइ छ।
“उक्त कार्य चीन सरकारको गुप्तचर उद्देश्य पूर्तिका लागि गरिएको भन्ने निष्कर्षमा पुगेपछि अभियोग दर्ता गरिएको हो,” सहायक आयुक्त नटले भने।
गत साता क्यानबेराका विभिन्न आवासीय क्षेत्रमा प्रहरीले छापा मारेर ती महिलालाई पक्राउ गरेको हो। छापाका क्रममा विभिन्न इलेक्ट्रोनिक उपकरणसहितका सामाग्री जफत गरिएका छन्। ती सामग्रीहरूमाथि फरेन्सिक परीक्षण भइरहेको प्रहरीले जनाएको छ।
‘लापरबाहीपूर्ण विदेशी हस्तक्षेप’ सम्बन्धी अपराधमा दोषी ठहरिएमा अधिकतम १५ वर्षसम्मको जेल सजाय हुने प्रावधान छ।
रासस/एएफपी
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम” पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
काठमाडौं, पुस २५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकै दिन ३३ जना नयाँ केन्द्रीय सदस्य
पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण