
काठमाडौं, साउन १६ गते। आजको रात बागमती प्रदेशका पहाडी भेगमा भारी वर्षाको चेतावनी दिइएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर सामान्य बदलीको अवस्था रहने जनाउँदै, विशेषगरी बागमती, कोशी, गण्डकीलगायतका पहाडी क्षेत्रमा मेघगर्जनसहित तीव्र वर्षाको सम्भावना औंल्याएको छ।
दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भागमा तथा तराईका केही क्षेत्रमा मध्यम वर्षा हुने सम्भावना छ। तर, आज राति बागमती प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा ‘भारी वर्षा’ हुने प्रबल सम्भावना रहेको भन्दै महाशाखाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
पूर्वानुमानअनुसार वर्षाका कारण भूक्षय, बाढी, गेग्रान बहाब, तथा सहरी र तराई क्षेत्रमा डुबानको खतरा बढेको छ। ठूला तथा साना नदी-नालामा पानीको सतह अचानक बढ्न सक्ने भएकाले नदी किनारमा बसोबास गर्ने समुदायलाई विशेष सतर्कता अपनाउन सुझाव दिइएको छ।
अत्यधिक वर्षाले दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, निर्माण, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने महाशाखाले जनाएको छ। जोखिम न्यूनीकरण र आपतकालीन तयारीका लागि सबै सरोकारवाला निकाय र आम जनतालाई तयारी अवस्थामा रहन अनुरोध गरिएको छ।
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम” पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
काठमाडौं, पुस २५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकै दिन ३३ जना नयाँ केन्द्रीय सदस्य
पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण