जेरुसेलम — इजरायली सेनाले सोमबार पश्चिमी इरानका मिसाइल प्रक्षेपण स्थलहरूमा हवाई आक्रमण गरेको छ। इरान र इजरायलबीच ११ दिनदेखि जारी द्वन्द्व अझै उत्कर्षमा पुगेको छ। सेनाले जारी गरेको विज्ञप्तिअनुसार, इजरायली वायुसेनाका १५ भन्दा बढी लडाकू विमानहरूले केरमानशाह क्षेत्रमा रहेका सैन्य पूर्वाधारमा प्रहार गरेका छन्। यसअघि पनि केरमानशाह क्षेत्रलाई लक्षित गरी इजरायली वायुसेनाले आक्रमण गरेको पुष्टि गरिएको थियो।
जुन १३ मा इजरायलले इरानका क्षेप्यास्त्र र आणविक सुविधा स्थलहरू, साथै सैन्य अधिकारी र सुरक्षासम्बन्धी संरचनाहरूमाथि व्यापक हमला गरेको थियो।यसैबीच, तेहरानले अमेरिकी युद्ध विमानहरूद्वारा सप्ताहन्तमा गरिएका आक्रमणमा तीनवटा आणविक स्थलमा ‘बारूदी सुरूङ’ प्रयोग गरी पुर्याइएको क्षतिको बदलास्वरूप कडा जवाफ दिने चेतावनी दिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ती आक्रमणहरूले इरानको आणविक क्षमतालाई नष्ट गरेको दाबी गर्नुभएको छ। यद्यपि अन्य अमेरिकी अधिकारीहरूले भने तेहरानको आणविक कार्यक्रममा परेको वास्तविक असर मूल्यांकन गर्न अझै समय लाग्ने बताएका छन्।
काठमाडौं, चैत ११ ।इरानसँग जारी द्वन्द्व अन्त्यका लागि अमेरिकाले १५ बुँदे सर्तसहितको प्रस्ताव पठाएको अन्तर्राष्ट्रिय
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
चैत ९,काठमाडौँ। राष्ट्रिय परिचयपत्र बनाउँदा अब नागरिकले छुट्टै आवेदन फाराम (प्रि–इनरोलमेन्ट) भर्नु नपर्ने भएको छ
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत