इजरायलद्वारा इरानका सैन्य ठाँउमा थप हवाई आक्रमण

९ असार २०८२, सोमबार

जेरुसेलम — इजरायली सेनाले सोमबार पश्चिमी इरानका मिसाइल प्रक्षेपण स्थलहरूमा हवाई आक्रमण गरेको छ। इरान र इजरायलबीच ११ दिनदेखि जारी द्वन्द्व अझै उत्कर्षमा पुगेको छ। सेनाले जारी गरेको विज्ञप्तिअनुसार, इजरायली वायुसेनाका १५ भन्दा बढी लडाकू विमानहरूले केरमानशाह क्षेत्रमा रहेका सैन्य पूर्वाधारमा प्रहार गरेका छन्। यसअघि पनि केरमानशाह क्षेत्रलाई लक्षित गरी इजरायली वायुसेनाले आक्रमण गरेको पुष्टि गरिएको थियो।

जुन १३ मा इजरायलले इरानका क्षेप्यास्त्र र आणविक सुविधा स्थलहरू, साथै सैन्य अधिकारी र सुरक्षासम्बन्धी संरचनाहरूमाथि व्यापक हमला गरेको थियो।यसैबीच, तेहरानले अमेरिकी युद्ध विमानहरूद्वारा सप्ताहन्तमा गरिएका आक्रमणमा तीनवटा आणविक स्थलमा ‘बारूदी सुरूङ’ प्रयोग गरी पुर्याइएको क्षतिको बदलास्वरूप कडा जवाफ दिने चेतावनी दिएको छ।

अमेरिकी  राष्ट्रपति डोनाल्ड ट्रम्पले ती आक्रमणहरूले इरानको आणविक क्षमतालाई नष्ट गरेको दाबी गर्नुभएको छ। यद्यपि अन्य अमेरिकी अधिकारीहरूले भने तेहरानको आणविक कार्यक्रममा परेको वास्तविक असर मूल्यांकन गर्न अझै समय लाग्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

रास्वपाको केन्द्रीय समिति विस्तारप्रति असन्तुष्टि, बालेनको कोटाबाट आएका नामबारे आन्तरिक आलोचना

काठमाडौं, पुस २५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकै दिन ३३ जना नयाँ केन्द्रीय सदस्य

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण