बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन दिएको बताउनुभएको छ । यो कुख्यात सङ्घीय कारागार क्यालिफोर्नियाको एउटा सानो टापुमा अवस्थित थियो र छ दशकअघि बन्द भएको थियो ।

“पुनर्निर्माण गर्नुहोस् र अल्काट्राज खोल्नुहोस् !”, रिपब्लिकन राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेख्नुभयो, “आज म कारागार ब्युरो, न्याय मन्त्रालय, एफबिआई र होमल्यान्ड सेक्युरिटीसँग मिलेर अमेरिकाका सबैभन्दा निर्दयी र हिंसात्मक अपराधीहरूलाई राख्न अल्काट्राज पर्याप्त रूपमा विस्तारित र पुनर्निर्माण गरी फेरि खोल्न निर्देशन दिँदै छु ।”

अमेरिकी कारागार ब्युरोका अनुसार अल्काट्राज मात्र २९ वर्ष खुला रहेपछि सञ्चालन खर्च उच्च भएका कारण सन् १९६३ मा बन्द भएको थियो र अहिले यसले पर्यटकीय आकर्षणका रूपमा सेवा गर्दछ ।

सान फ्रान्सिस्को तटबाट दुई किलोमिटर दूरीमा अवस्थित र मात्र तीन सय ३६ कैदीको क्षमता भएको यो कारागारमा निषेध युगका माफिया नेता अल कापोन जस्ता केही प्रख्यात अपराधीहरू राखिएका थिए र यसले कैदीहरूले धेरै काल्पनिक भाग्ने प्रयासहरू देखेको थियो ।

ट्रम्पले विशेष गरी आप्रवासीहरूद्वारा गरिएका अपराधमाथि कडा कारबाही गर्नलाई ह्वाइट हाउसमा उहाँको दोस्रो कार्यकालको एक प्रमुख तत्व बनाउनुभएको छ ।

“जब हामी अझ गम्भीर राष्ट्र थियौँ, विगतमा हामीले सबैभन्दा खतरनाक अपराधीहरूलाई बन्द गर्न र उनीहरूलाई हानी गर्न सक्ने कसैबाट टाढा राख्न हिचकिचाउँदैनौँ । यो यस्तै हुनुपर्छ”, ट्रम्पले आइतबार लेख्नुभएको छ, “अब हामी यी सिरियल अपराधीहरूलाई सहन सक्दैनौँ जसले हाम्रो सडकमा फोहोर, रक्तपात र अराजकता फैलाउँछन् ।”

गम्भीर प्रस्ताव होइन

टापु किल्ला अमेरिकी सांस्कृतिक इतिहासमा सन् १९६२ मा तीन कैदीहरू विशेष गरी फ्रान्क मोरिस भागेपछि समावेश भयो प्रवेश गरेको थियो र क्लिन्ट इस्टउडको अभिनय भएको ‘एस्केप फ्रम अल्काट्राज’ फिल्मको प्रेरणा बन्यो ।

कारागार ब्युरोका अनुसार यो कारागार अन्य कुनै पनि सङ्घीय कारागारभन्दा तीन गुणा बढी सञ्चालन खर्च लाग्ने भएकाले मोरिस भागेलगत्तै सन् १९६३ मार्च २१ मा यसलाई बन्द गरिएको थियो ।

प्रमुख खर्चहरू टापुको भौतिक अलगावका कारणले भएको थियो । खाना, आपूर्ति, इन्धन र यहाँसम्म कि पिउने पानी पनि हरेक हप्ता टापुमा लैजानु पर्दथ्यो ।

कारागार ब्युरोका अनुसार सञ्चालन खर्चका अतिरिक्त मर्मत र पुनःस्थापना कार्यका लागि मात्र अनुमानित ३० लाख डलरदेखि ५० लाख डलर थप आवश्यक पर्दथ्यो ।

हरेक वर्ष १० लाखभन्दा बढी आगन्तुक ल्याउँदै यो सन् १९७३ मा पर्यटक स्थलका रूपमा जनताका लागि फेरि खुलेको थियो ।

“यो अहिले एक धेरै लोकप्रिय राष्ट्रिय पार्क र प्रमुख पर्यटकीय आकर्षण हो”, सान फ्रान्सिस्कोको प्रतिनिधित्व गर्ने हाउसकी पूर्व सभामुख न्यान्सी पेलोसीले सामाजिक सञ्जाल एक्समा भन्नुभयो, “राष्ट्रपतिको प्रस्ताव गम्भीर छैन ।”

ट्रम्पले विशेष गरी आप्रवासीहरूद्वारा हुने अपराधमाथि कारबाही गर्ने वाचा गर्नुभएको छ र उहाँको प्रशासनले अपराधी र गिरोहका सदस्यहरू भनेका व्यक्तिहरूलाई निर्वासित गर्न १७९८ को शत्रु ऐन लागु गर्नुभएको छ । यो ऐन पहिले युद्धको समयमा मात्र प्रयोग गरिएको थियो ।

उहाँको प्रशासनले एल साल्भाडोरलाई त्यहाँ निर्वासित गरिएका दर्जनौँ आप्रवासीलाई थुन्न लाखौँ डलर भुक्तानी गरेको छ । ट्रम्पले हिंसात्मक अपराधहरूमा दोषी ठहरिएका अमेरिकी नागरिकहरूलाई मध्य अमेरिकी देशमा पठाउन खुला हुने कुरा पनि बारम्बार बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घका विज्ञहरूले गत हप्ता अमेरिकाले निर्वासनमा परेका दुई सय ५० भन्दा बढी भेनेजुएलाली र साल्भाडोरेलीहरूलाई जानाजानी उचित प्रक्रियाको अधिकारबाट बञ्चित गरिरहेको देखिन्छ भनी बताएका थिए । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

 सरकारी सेवामा पेन्सन र उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू

असार २०, २०८२, काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने निजामती कर्मचारीहरूलाई अब पेन्सन

राइड सेयरिङ कार्यान्वयन अन्योलमा, व्यवसायी असन्तुष्ट

२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष

मन्त्रिपरिषद्को १५ निर्णय सार्वजनिक, पूर्वसचिव विष्ट सार्वजनिक खरिद पुनरवलोकन समितिको अध्यक्ष नियुक्त

काठमाडौं, असार १६ – सरकारले हालै सम्पन्न मन्त्रिपरिषद् बैठकका १५ निर्णयहरू सार्वजनिक गरेको छ। सञ्चार