‘पत्रकारिताको माध्यमबाट निराशा हटाउनुपर्छ’

 फागुन ९,ललितपुर । पत्रकारिता क्षेत्रमा लामो समयदेखि कार्यरत पत्रकार तथा वक्ताहरुले पत्रकारिताको माध्यमबाट हरेक क्षेत्रमा भएका निराशा हटाउन काम गर्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घले बिहीवार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उहाँहरुले त्यस्तो धारणा राख्नुभएको हो ।

गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले पत्रकारलाई गलत र नकारात्मक सन्देश फैलाउने काममा नलाग्न आग्रह गर्नुभयो । पेशाप्रति प्रतिबद्ध भएर समाजप्रतिको जिम्मेवारीबोध गर्दै निर्धक्कसाथ काम गर्न उहाँले आग्रह गर्नुभयो ।

“वाक् तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने काम पनि स्वीकार्य हुँदैन, पत्रकारितामा प्रश्न नउठ्नेगरी काम गर्न मेरो आग्रह छ, अदृश्य लगानीका कारण केही समय मिडिया सञ्चालन हुने अनि निरन्तरता नपाउने अवस्था हुनुहुँदैन” उहाँले भन्नुभयो । नकारात्मकता र एक पक्षको पक्षपोषक भएर पत्रकारिता नगर्न आग्रह उहाँले गर्नुभयो ।

उहाँले वर्तमान समयमा आशावादी कुरालाई सञ्चार गर्नुपर्ने र सकारात्मक सन्देश दिनुपर्ने आवश्यकता छ भन्दै हरेक क्षेत्रमा भएका निराशा हटाउन काम गर्ने जिम्मा पत्रकारमा रहेको बताउनुभयो। उहाँले विदेशमा रहेका नागरिकले आफ्नो देशको बारेमा राम्रो कुरा सुन्न पाउन् भन्दै पत्रकारिताले सकरात्मक सन्देश दिन सकोस्’ भन्नुभयो । कार्यक्रममा मिडिया कुराकानीका सम्पादक एवम् प्रशिक्षक रविराज बरालले पत्रकारितामा एआईको प्रयोग र चुनौती विषयमा प्रशिक्षण दिनुभएको थियो ।

प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष भवानी बरालले पत्रकारितामा सूचना प्रविधिको प्रभाव, पत्रकारको जिम्मेवारी, समाजप्रतिको दायित्व, प्रविधिको उपयोग, पक्षधरताका विषयमा प्रशिक्षण दिनुभयो ।

त्यसैगरी राजधानी दैनिकका पूर्व सम्पादक डिल्ली आर्चायले पत्रकारिताको आधारभूत अवधारणा विषयमा प्रशिक्षण दिनुभयो । पत्रकार महासङ्घका अध्यक्ष रामहरि कार्कीले गोदावरी नगरपालिकासँग निरन्तर सहकार्य हुने अपेक्षा राख्दै महासङ्घले नगरपालिकाको सञ्चारनीति र विज्ञापन नीतिमा आवश्यक सहयोग र सुझाव दिनसक्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हिमालयको चेतावनी’ बोकेर संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री बालेन, जलवायु न्याय र त्रिदेशीय संयन्त्रको जोडदार माग

जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

 असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई