खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार बनेपामा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा  गुरुङले  अहिले खेलाडीहरू नामको लागि भन्दा पनि नाम र दामको लागि खेल्ने प्रचलन बढी रहेकोले खेलकुदलाई नेपालको समृद्धि, अनुशासन, पर्यटन, राष्ट्रिय स्वाभिमानसँग जोड्नुपर्ने बताउनुभयो ।

मन्त्री गुरुङले खेल क्षेत्रले राष्ट्रको स्वाभिमान बचाउनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउनका लागि खेलेको भूमिका अतुलनीय रहेको, खेलकुदको क्षेत्रमा रहेको राजनीतिकरण र बेथिति हटाउँदै यस क्षेत्रलाई मर्यादित बनाउनुपर्ने बताउनुभयो ।

सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङले खेल क्षेत्रको विकासका लागि सबै प्रदेशमा बहुउद्देश्यीय खेलकुद मैदान, कर्वड हलका निर्माण तथा १२ महिना नै खेलकुद गतिविधि र प्रतियोगिताहरू सञ्चालन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा आईटिएफतर्फ वर्ष उत्कृष्ट खेलाडीको रूपमा पुरुषतर्फ रिक्सन वाइबा र महिलातर्फ सुस्मिता थापा सम्मानित हुनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

युद्धविरामका लागि अमेरिकाको १५ बुँदे प्रस्ताव, इरान मौन

काठमाडौं, चैत ११ ।इरानसँग जारी द्वन्द्व अन्त्यका लागि अमेरिकाले १५ बुँदे सर्तसहितको प्रस्ताव पठाएको अन्तर्राष्ट्रिय

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

नागरिकताकै डाटाबाट राष्ट्रिय परिचयपत्र, अब छुट्टै फाराम भर्नु नपर्ने

चैत ९,काठमाडौँ। राष्ट्रिय परिचयपत्र बनाउँदा अब नागरिकले छुट्टै आवेदन फाराम (प्रि–इनरोलमेन्ट) भर्नु नपर्ने भएको छ

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत