अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा आवद्ध गर्न ३२ स्थानीय तहले गरे सम्झौता

 अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आवद्ध गर्न गण्डकीका ३२ स्थानीय तह र सामाजिक सुरक्षा कोषबीच शनिबार पोखरामा सम्झौता भएको छ । गण्डकीका तनहुँ, कास्की, स्याङ्जा, बागलुङ र पर्वतका स्थानीय तहले सम्झौता गरेका हुन् । यससँगै सामाजिक सुरक्षा कोषमा आवद्ध हुने स्थानीय तहको संख्या गण्डकीमा ३४ पुगेको छ ।

यसअघि अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आवद्ध गराउने पहिलो स्थानीय तह स्याङ्जाको फेदीखोला गाउँपालिका रहेको थियो । बागलुङको ताराखोला गाउँपालिकाले समेत सामाजिक सुरक्षा कोषसँग त्यस्तो सम्झौता यसअघि नै गरिसकेको छ ।

अनौपचारिक क्षेत्रका श्रमिकलाई योगदानमा आधारिक सामाजिक सुरक्षा योजनामा समावेश गर्न सम्झौता गरेका स्थानीय तह देशभर ४४ पुगेका छन् । कोषका निर्देशक उत्तमराज नेपालका अनुसार सम्झौता बमोजिम कृषि, निर्माण, यातायात र घरेलु श्रमिकसहित स्वरोजगार व्यक्तिले सरकारले तोकेको आधारभूत पारिश्रमिक १० हजार ८ सय २० को ११ प्रतिशत हुन आउने १ हजार १ सय ९० रुपैयाँ बुझाउनुपर्छ ।

त्यसमा स्थानीय तहले उक्त रकमको ९.३७ प्रतिशत अर्थात १ हजार १३ रुपैयाँको योगदान गर्ने छन् । त्यसबाट ४ वटा योजनामा श्रमिकले सुविधा पाउने छन् । औषधोपचार, स्वास्थ्य र मातृ सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना अन्तर्गत योगदानकर्ताले सुविधा पाउँछन् । ‘यसले किसान र श्रमिकलाई पेन्सन र बिमाको ग्यारेन्टी गर्छ,’ उनले भने, ‘यसले जनशक्ति विदेश पलायन हुनबाट रोक्छ ।’

यसअघि वीरगञ्ज महानगरपालिका, जीतपुर सिमरा उपहानगरपालिका, बर्दिवास नगरपालिका, बेलबारी नगरपालिका, मरिन गाउँपालिका, भीमफेदी गाउँपालिका, चिंगाड गाउँपालिका, ऐरावती नगरपालिका, बलरा नगरपालिका, गोडैता नगरपालिकाले कोषसँग यस्तो सम्झौता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

ईयू आबद्ध देशका राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट

काठमाडौं  जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

संविधान संशोधनदेखि ‘लगानी एक्सप्रेस’सम्म: सरकारको व्यापक सुधार एजेन्डा सार्वजनिक

काठमाडौँ, वैशाख २९ । सरकारले सबै वर्ग, क्षेत्र र समुदायको अपनत्व सुनिश्चित हुने गरी राजनीतिक