दसैंको मुखमा न्याय खोज्दै

काठमाडौं । घरमा कमेरो र रातोमाटोले लिपपोत गर्न भ्याइनभ्याई हुन्छ । गाउँमा महिला घरमा रङ लगाउने, चिउरा कुट्ने, अचार राख्ने घर सफा गर्ने सबै काममा व्यवस्थ हुने समय हो । गाउँघरका सबै घर रंगीन थालेका छन् । तर, इलाम देउमाई नगरपालिका–३ की २९ वर्षीय अधबैंसे महिला न्याय खोज्न इलाम सदरमुकाममा धाइरहेकी छन् । घरमा एक्लै छिन् । छोराछोरी छैनन् । श्रीमान विदेशमा छन् ।

उनी पनि न्याय खोज्न सदरमुकाम धाइरहँदा घरमा दसैं होइन न्याय भौतारिएको छ । घटना गत २४ भदै राति १ बजेको हो । घरको किचनमा गड्याङगुडुङ आवाज आएपछि निन्द्रबाट ब्युँझिइन् । किचनबाट टिनको बोरा भएकाले मध्यरातमा ठुलो आवाज आउँदा ब्युँझिएकी महिलासँग उज्यालो थिएन । मोबाइलको लाइट खोलेर बत्ती बाल्न खोज्दा लाइन थिएन । र उठेर किचनमा जाँदा देउमाई नगरपालिका–३ का २९ वर्षका संगेस राई रहेछन् ।

‘मातेको अवस्थामा थिए, कताबाट आइस् भ तिम्रो परिवारलाई फोन गरौं । त्यति भनेपछि केही नभनी घाँटीमा समाई लछारपछार गर्दै लडाएर ममाथि चढेर मार्न खोज्यो, गहभरि आँसु बनाउँदै ती महिलाले भनिन्, त्यतिबेला म कराएँ तर मेरो घरछेउमा खोला भएकाले कसैले सुनेन । नजिकै कुनै पनि छिमेकीको घर छैन ।’

उनले थपिन् मैले उसको छातीमा टोकेपछि छाडेर भाग्यो । त्यही समय मोबाइल कता उछिट्टिएछ । उज्यालो भएपछि मात्र भेटे । बिजुलीको एमसीसी झारेर बत्ती काटेको रहेछ, बिहान मात्र थाहा पाएँ । घटनाबारे बिहानै छरछिमेकलाई सुनाएँ । फोन सम्पर्क गरेर भने । घटना तत्काल इलाम प्रहरी मगंलबारेलाई जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयमा झिकाइयो । कार्यालयमै प्रहरीले जाहेरी दखास्त बनायो । पीडक राईलाई पनि पक्राउ गरे । ल्याए, थुनामा राखेन । जिल्ला अदालतले म्याद थप गरेन । ‘ऊ अहिले खुलेआम हिँडिरहेको छ, मलाई मार्छु भनेको छ,’ उनले भनिन् ‘एकान्तमा घर छ । उसले यो धम्कीले सन्चले सुत्न पाएको छैन । यस विषयमा कसैले सहयोग गरेको छैन । न्याय पाएको छैन । सहयोग गरिदिनुप¥यो ।’

प्रहरीबाट गएको जाहेरी नै उल्टो भएका कारण अदालतबाट समेत म्याद थप नभएको उनको दुखेसो छ । पहिला आफूले लेखेको उजुरी निवेदन पुनः माग्दासमेत जिल्ला प्रहरी कार्यालय इलामले नदिएको पीडित बताउँछिन् । सो घटना बाहिर ल्याए उल्टै मार्ने धम्की आउने गरेको महिलालाई ‘तैंले नै बोलाएको भन्छु, नत्र तँलाई नै मार्छु’ भनेर धम्की दिने गरेको उनले बताइन् ।

पीडक पक्राउ भएर जिल्ला प्रहरी कार्यालयमा ल्याएपछि इलाम नगरपालिका –१ का वडाअध्यक्ष आएका थिए । उनी आएपछि पक्राउ गरेका व्यक्तिलाई प्रहरीले छोडिदिएको महिलाको गुनासो छ । जाहेरी लेख्दासमेत प्रहरीबाट न्यायका निम्ति सहयोगभन्दा पनि उल्टै धम्याउने गरेको उनको दुःखेसो छ ।

आफू पीडित भएको भन्दै महिला हाल अधिकारवादी र सञ्चारकर्मीसमक्ष पुग्ने गरेकी छिन् । जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी प्रकाश जवेगुले प्रहरीले घटना थाहा पाएपछि पक्राउ गरेर ल्याएको र म्याद थपका लागि अदालमै लैजादाँँ अदालतले म्याद थप नगरेपछि पक्राउ गरेको व्यक्ति छोडेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

छाया अर्थतन्त्रको संकट : जीडीपीको आधाभन्दा बढी अनौपचारिक क्षेत्रमा, अब नेपालले कस्तो भूमिका खेल्नुपर्छ ?

अधिवक्ता तारा निधि पन्त नेपालको अर्थतन्त्रमाथि छाया अर्थतन्त्र (Shadow Economy) को प्रभाव दिनप्रतिदिन गहिरिँदै गएको

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

ट्राफिक प्रहरीलाई जरिवानासम्म सीमित अधिकार, लाइसेन्स वा साँचो नियन्त्रण गैरकानुनी: सर्वोच्च

वैशाख १८, काठमाडौँ।  सर्वोच्च अदालत ले ट्राफिक नियम उल्लंघनका नाममा सवारी चालकको लाइसेन्स, ब्लुबुक वा