मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक पार्टीहरु समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्ने भए पनि अहिले विचार नचाहिने पार्टीहरुको लहर चलेको बताएका हुन् । ओलीले विचार बिनाका पार्टीहरुको लहर चलेको बताएका छन् ।
उनले भने, ‘राजनीतिक पार्टीहरु समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्छन् । अहिले एउटा लहर चलेको छ, विचार नचाहिने, बिनाविचार विचार लिएर हामी आयौँ भन्ने लहर चलेको छ ।’
राजनीतिक दल र नेताहरुले गरेको योगदानको चर्चा र स्मरण गर्न नसकिएको उनको भनाइ छ । आफ्ना अभिभावकको योगदानको कदर गर्ने परिपाटीको अन्त्य हुँदै गएकोमा उनले गुनासो गरे ।
‘योगदान बिर्सिए हुन्छ, कसलाई फुर्सद छ योगदानका कुरा गर्ने ? कसलाई फुर्सद छ हाम्रा पूर्वजका योगदान सम्झिने, आफ्ना आमाबाबुको योगदानको चर्चा गर्ने ? महिमा गाउने वा आमाबुबाप्रति कृतज्ञ हुने ? भन्ने खालका विचाहरु पनि आज सुनिन्छन्,’ उनले भने, ‘तर बिनाइतिहास समाज यहाँ आएको छैन । धेरै उत्तारचढावबाट समाज यहाँसम्म आइपुगेको हो ।आज पनि समाज अनेक प्रकारका रस्साकस्सीका बीचबाट अघि बढेको छ । यस रस्साकस्सी बीचबाट समाज कसरी अघि बढाउने भन्ने सन्दर्भमा जानपर्ने छ ।’
समारोहलाई सम्बोधन गर्दै कोअर्डिनेसन केन्द्र, नेकपा (माले), नेकपा (एमाले) हुँदै नेकपा बनाइएको बताए । उनले भने, ‘भइहाल्छ कि केही भनेर विभिन्न तत्वलाई लिएर आयौँ। नेकपा भन्ने फेरि बनायौँ । त्यसबाट नराम्रोसित भित्तामा नाक ठोक्किएजस्तो, निधार ठोक्किएजस्तो फेरि हामी एमालेमा फर्कियौँ, यही हो मौका भनेर हाम्राविरुद्ध हमला भए। त्यसको हामीले उपयुक्त ढंगले प्रतिवाद गरेर हाम्रो आन्दोलन जोगाउँन सफल भयौं ।’
अध्यक्ष ओलीले मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने पनि बताएका छन्

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न