बैकुण्ठ अर्याल मुख्यसचिव नियुक्त, बैरागीलाई सुरक्षा सल्लाहकारमा थन्काईयो

काठमाडौं । डा. बैकुण्ठ अर्याललाई सरकारले मुख्य सचिव नियुक्त गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्य सचिव नियुक्त गरेको हो । हालसम्म कायम शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार बनाएर अर्याललाई नयाँ मुख्यसचिव नियुक्त गरिएको हो ।
अर्याल यही ३ असारमा ५ वर्षे सेवाअवधिका कारण सचिवबाट निवृत्त हुँदैथिए । उनी ३ असार ०७५ मा सचिव भएका थिए । कर्मचारीको उमेरहद ५८ नै कायम रहे ६ मंसिर ०२४ जन्ममिति भएका उनले पूरा कार्यकाल मुख्यसचिव हुन पाउने छैनन् । मुख्यसचिवको पदावधि ३ वर्ष हुने व्यवस्था छ ।
बैरागीको कार्यकाल आगामी असोजसम्म भए पनि सुरक्षा सल्लाहकारको नियुक्ति दिएर सरकारले अर्याललाई मुख्यसचिव बनाएको हो । यता पूर्वरक्षासचिव आत्माराम पाण्डेले भने यसको विरोध गरेका छन् ।
बजेट निर्माणमा भएको गढबडीलाई लिएर असन्तुष्टि जनाएको र प्रधानमन्त्री प्रचण्डको गलत क्रियाकलापमा सकारात्मक सुझाब दिएका कारण पुरस्कारस्वरुप बहालवाल मुख्य सचिब वैरागीलाई हटाएको र शेर बहादुरकी पत्नी आरजुको इच्छा अनुसारको साइजमा भरी झोला बुझएको अनि प्रचण्डलाई पनि बुझाउने सर्तमा विदा हुनै लागेका डा. अर्याल मुख्य सचिब बन्न सफल भएको भन्ने प्रधानमन्त्री कार्यालयमा नै कार्यरत एक उपसचिबले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ईयू आबद्ध देशका राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट

काठमाडौं  जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

संविधान संशोधनदेखि ‘लगानी एक्सप्रेस’सम्म: सरकारको व्यापक सुधार एजेन्डा सार्वजनिक

काठमाडौँ, वैशाख २९ । सरकारले सबै वर्ग, क्षेत्र र समुदायको अपनत्व सुनिश्चित हुने गरी राजनीतिक

बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम संयुक्त बैठकमा प्रस्तुत हुने

काठमाडौँ, वैशाख २८ । सङ्घीय संसद्को बजेट (बर्खे) अधिवेशन आजदेखि सुरु हुँदै छ । सरकारको