असार १०, काठमाडौं: एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गत नेपाल र युएईबीचको पहिलो सेमिफाइल खेल वर्षाका कारण रोकिएको छ।
मलेसियास्थित किनरारा एकेडेमी ओभलमा भइरहेको खेल वर्षाका कारण रोकिएको हो। पहिलो इनिङ्स सकिएलगतै पानी पर्न थालेपछि खेल प्रभावित भएको हो ।
यसअघि वर्षाको कारण टस ३० मिनेट ढिला शुरु भएको थियो । यसअघि युएईले नेपाललाई जितका लागि ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको यूएईले १९ ओभर ५ बलमा सबै विकेट गुमाउदै ८१ रन बनायो।यूएईका लागि वैष्णवी महेशले सर्वाधिक १६ रन बनाइन् । इशा रोहितले १५ रन, छाया मुघलले १४ रन तथा खुसी शर्मा १२ रनको योगदान गरिन् ।
नेपालकी अश्मिना कर्माचार्यले ५ विकेट लिइन् । अन्तिम समय अश्मिना ह्याट्रिक नजिक रहेकी थिइन् । यस्तै इन्दु बर्माले ३ र सीता रानाले २ विकेट हात पारिन् ।
नेपालसामु एसिया कपमा स्थान बनाउने सुनौलो अवसर हुनेछ । प्रतियोगिताको विजेता र उपविजेता एसिया कपका लागि छनोट हुनेछन् ।
नेपाल युएईलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ । पानी रोकिएपछि खेल पुन शुरु हुने बताइएको छ ।
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल