डेढ हप्ताभित्र भारतबाट मल आउने

काठमाडौँ, २४ जेठ । कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले भारतबाट मल ल्याउनका लागि सुनिश्चित गराएका छन् । भारत भ्रमणमा रहेका कृषिमन्त्री यादवले सोमबार त्यहाँका रसायन एवं उर्वरक मन्त्रालयको जिम्मेवारी सम्हालेका स्वास्थ्य एवं परिवार कल्याणमन्त्री मनसुख एल. मण्डावियासँगको छलफलबाट सो सुनिश्चित गराएका हुन् ।

भारतसँग यसअघि नै जीटुजी (सकारदेखि सरकार) प्रणालीबाट नेपालले मल खरिद गर्ने भनी सम्झौता गरिसकेको छ । पाँच वर्षका लागि भएको सम्झौताअनुसार पहिलो वर्ष एक लाख ५० हजार मेट्रिक टन मल दिने सम्झौतामा उल्लेख छ । सम्झौता भए पनि भारतबाट मल आउनमा ढिलाइ भइरहेको थियो । देशमा मलको हाहाकार भइरहेका बेला भारतसँग मलका लागि नेपालले पटकपटक छलफल गरेको थियो तर सम्झौताअनुसार मल आइरहेको थिएन ।

मल आउन ढिलो भएका कारण समस्या बढ्दै गएपछि कृषिमन्त्री यादव मलको विषयमा कुरा गर्नका लागि आफै भारत गए । सोही क्रममा उनले रसायन एवं उर्वरकमन्त्री मण्डावियासँग छलफल गरेपछि मल आउन सुनिश्चित भएको हो । कृषिमन्त्री यादवले अबको एक/डेढ हप्ताभित्र भारतबाट मल आउन सुरु हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ईयू आबद्ध देशका राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट

काठमाडौं  जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

संविधान संशोधनदेखि ‘लगानी एक्सप्रेस’सम्म: सरकारको व्यापक सुधार एजेन्डा सार्वजनिक

काठमाडौँ, वैशाख २९ । सरकारले सबै वर्ग, क्षेत्र र समुदायको अपनत्व सुनिश्चित हुने गरी राजनीतिक

बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम संयुक्त बैठकमा प्रस्तुत हुने

काठमाडौँ, वैशाख २८ । सङ्घीय संसद्को बजेट (बर्खे) अधिवेशन आजदेखि सुरु हुँदै छ । सरकारको