माओवादी केन्द्र दोलखाका संस्थापक नेता श्रेष्ठ एमालेमा प्रवेश

बैशाख १९, काठमाडौं: नेकपा (माओवादी केन्द्र) दोलखाका संस्थापक नेता जगतबहादुर श्रेष्ठ नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

नेकपा एमाले गौरीशंकर–काठमाडौं सम्पर्क मञ्चले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा नेकपा एमालेका नेता एवम् पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले नेता श्रेष्ठलाई पार्टीमा स्वागत गरे ।

देशलाई बचाउन र जनताको हितमा काम गर्न आफूले माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेको नेता श्रेष्ठले बताए । उनले माओवादी केन्द्र भन्ने पार्टी लुटेराहरूको पार्टीमा परिणत भएको भन्दै एमालेले मात्रै जनताको चाहना अनुसार काम गर्न सक्ने बताए ।

यता, एमाले नेता गुरुङले स्थानीय तहमा आफ्नो पार्टीसँग अन्य पार्टीहरूले प्रतिस्पर्धा नै गर्न नसक्ने दाबी गरे । आफ्नो पार्टीसँग प्रतिस्पर्धा गर्न नसकेपछि काँग्रेस, माओवादी केन्द्रसहितका राजनीतिका दलहरूले चुनावी गठबन्धन गर्नु परेको उनले तर्क समेत गरे ।

नेता गुरुङले जनताको सेवा गरेको हिसाबले, शक्ति र संगठन सबै हिसाबले एमाले नै आगामी स्थानीय तहको निर्वाचनमा सबै स्थानीय तहमा विजयी हुने दाबी गरे । उनले पार्टीको आधिकारिक उम्मेदवार बाहेकका लागि चुनावी प्रचार अभियानमा हिँडेको पाइए उनीहरूमाथि पार्टीले कारबाही गर्ने पनि बताए ।

कार्यक्रममा कांग्रेसका पनि एक दर्जन बढी नेता, कार्यकर्ता एमाले प्रवेश गरेका थिए । उनीहरूलाई नेता गुरुङ, एमाले केन्द्रीय सदस्य सरस्वती बस्नेत, एमाले सम्पर्क समन्वय कमिटीका संयोजक श्याम बस्नेत लगायतले पार्टीमा स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उद्योगमा गौरी कुमारी, श्रममा रामजी यादव नियुक्त

चैत २७, काठमाडौं। प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग तथा श्रम मन्त्रालयमा दुई

सर्वोच्चको परमादेश : बेपत्ता परिवारको हकमा बाधक १५ कानुन संशोधन गर्न सरकारलाई निर्देशन

  चैत २४,काठमाडौं । सर्वोच्च अदालत ले सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिहरूका परिवारले हक–अधिकार उपभोग गर्न

सभामुखमा अर्याल निर्विरोध

 चैत २०, काठमाडौँ ।  प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद (डिपी) अर्याल निर्विरोध निर्वाचित भएका छन्।  राष्ट्रिय स्वतन्त्र

प्रधानमन्त्री बालेन शाहद्वारा सांसदहरूसँग क्षेत्रीय समस्या र विकासका विषयमा छलफल

चैत १६ , काठमाडौँ । बालेन शाहले आज सत्ता र प्रतिपक्षी दलका सांसदहरूसँग सामूहिक छलफल

गण्डकी प्रदेश सडक ऐन संशोधन विधेयक सर्वसम्मत पारित

पोखरा, १६ चैत २०८२ ।  गण्डकी प्रदेशसभाले गण्डकी प्रदेश सडक ऐन, २०८१ लाई संशोधन गर्न

ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने

काठमाडौँ, चैत १६ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउविरुद्ध सर्वोच्च अदालतमा दायर बन्दीप्रत्यक्षीकरण रिटमाथि आज