भक्तपुर, बैशाख १२ः नेपाली कांग्रेस र नेकपा एमालेले भक्तपुरका चार नगरपालिकाका प्रमुख तथा उपप्रमुखको उम्मेदवार टुंग्याएका छन् ।
कांग्रेसले भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा सुरेन्द्र श्रेष्ठ, सूर्यविनायकमा निशान ढुंगेल, चाँगुनारायणमा जीवन खत्री र भक्तपुर नगरपालिकामा रामप्रसाद कासुलालाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यसैगरी कांग्रेसले चाँगुनारायण नगरपालिकाको उपप्रमुखमा सुभद्रा काफ्लेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । तीन नगरपालिका भक्तपुर, मध्यपुर थिमि र सूर्यविनायककाे उपमेयर गठबन्धन दलका अरु पार्टीको भागमा परेकोले उसले त्यहाँं उम्मेदवार घाेषणा गरेकाे छैन ।
गठबन्धनले मध्यपुर थिमिको उपप्रमुख नेकपा माओवादी केन्द्रलाई र नेकपा एकीकृत समाजवादीलाई भक्तपुर र सूर्यविनायक नगरपालिकाको उपप्रमुख दिने सहमति गरेकाे थियो ।
यता, एमालेले मध्यपुर थिमिमा मदनसुन्दर श्रेष्ठलाई प्रमुखमा दाेहाेर्याएकाे छ । यहाँ उत्तरा नेपाललाई उपप्रमुखकाे उम्मेदवार टुंग्याइएको छ । सूर्यविनायककाे मेयरमा एमालेबाट वासुदेव थापा दाेहाेरिएका छन् यहाँ सरिता भट्टराईलाई उपप्रमुखकाे टिकट दिइएकाे छ । भक्तपुर नगरमा रवीन्द्र लाछिमस्यु प्रमुख र रञ्जना खर्बुजा उपप्रमुख तथा चाँगुनारायणमा बीना बाँस्तोला प्रमुख र रमेश बुढाथोकी उपप्रमुख उठाउने टुंगो लगाएको हो ।
चाँगुनारायणमा मेयर टिकट पाएकी वीना यसअघि उपमेयर निर्वाचित भएकी थिइन् ।
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको
वैशाख १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप
चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान
काठमाडौँ, चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका
चैत १७, काठमाडौँ । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बल (एपिएफ) को