जस्तो गठबन्धन गरेनी एमाले आयो-आयो : नेम्वाङ

भक्तपुर, १६ चैत । नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले एमालेको विरुद्ध जस्तोसुकै गठबन्धन बनाए पनि सूर्य चिन्हको विजयी देशव्यापी हुने दावी गर्नुभएको छ ।

एमालेकै केन्द्रीय सदस्य तथा व्यवसायी दुर्गा प्रसाईले जिल्लाको सूर्यविनायक नगरपालिका वडा नंं ८ मा सञ्चालनमा ल्याउनुभएको हरित कृषि तथा थोक बजार प्रा.लि.को उद्घाटन कार्यक्रममा बोल्दै उपाध्यक्ष नेम्वाङले आगामी निर्वाचन जनादेश र परामादेशबीचमा हुने बताउनुभयो । अपार जनताको साथ र समर्थन एमालेमा रहेको उल्लेख गर्दै उहाँले एमालेले विगतमा राष्ट्रियतको सवालमा खेलेको भूमिका तथा मुलुकको विकास र समृद्धिको नेतृत्व गरेका तथ्यहरुकै आधारमा सूर्यको जित निश्चित रहेको दावी गर्नुभयो ।

जनताको जनादेशबाट स्थानीय तहको निर्वाचनपछि प्रदेश र संघको निर्वाचन हुने उल्लेख गर्दै तीन वटै तहको निर्वाचनमा एमालेको विजय शुनिश्चित जस्तै रहेको उल्लेख गर्नुभयो । कुनै झ्याल तथा धुरीबाट एमलो मुलुकको नेतृत्व गर्ने नभई मुलुकको मुल ढोकाबाट प्रवेश गरी जनताको माग, चाहना र आवश्यकता अनुसारको विकास गर्ने उल्लेख गर्दै उहाँले विश्वको कुनै पनि देशनमा नभएको तथा विश्व नै चकित पर्ने प्रकारको परमादेशबाट बनेको सरकारले जनताको पक्षमा कुनै पनि काम गर्न नसक्ने ठोकुवा गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आगामी तीन वटै तहको निर्वाचनमा एमालेको विजय निशिचत छ । एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बनेको सरकारले नाकाबन्दीको सामना, चुच्चे नक्सा जारी, नेपाललाई भुपरिवेष्ठित राष्ट्रबाट भुजडित राष्ट्र बनाएको, कुनै पनि मुलुकको राष्ट्रियता समान हुने, सुरुङमार्गको सुरुवात, रेलमार्गको शुभारम्भ, भुकम्पपछिको पुनः निर्माण, विभिन्न ठूला ठूला राष्ट्रिय आयोजनाहरुको निर्माणलगायतका असंख्य कार्यहरु नेपाल र नेपाली जनताको पक्षमा भएका छन् । तिनिहरुलाई लिएर जनताको माझमा जानेछ । जनताले अपार मायाको साथमा जनमत दिनुहुने छ । र जनताको जनादेशबाट झ्यालबाट हैन, घरको धुरीबाट हैन, सिंहदरवारको मुल ढोकाबाट फेरी एमालेले मुलुकको नेतृत्व गर्नेछ । त्यस्तैले जस्तोसुकै गठबन्धन गर्नुस्, एमाले त आयो आयो, सूर्य त आयो आयो ।’

एकीकृत समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल आगामी निर्वाचनमा हार्ने दावी गर्दै उपाध्यक्ष नेम्वाङले एमालेको जनलह तथा पार्टी प्रवेश गरेको देखेर नेता खनाल, पुष्प कमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, शेरबहादुर देउवा लगायतका नेतहरुको होस् हराई सकेको तर्क गर्नुभयो । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी तथा जनमोर्चाले चुनाबको लागि गठबन्धन गर्नुको अर्को विकल्प नै नभएको उल्लेख गर्दै उहाँले गठबन्धन नगरे धेरै पार्टीहरुको जनमानत जफत हुने समेत दावी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

माओवादी १२० सिटबाट खुम्चिएर २–३ सिटमा सीमित भयो, अहिले पार्टी नै रहेन : जनार्दन शर्मा

फागुन १,काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले तत्कालीन माओवादी केन्द्रभित्र आफ्नो आवाज सुन्ने

उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’:प्रणयशमशेर राणा

फागुन १, २०८२, काठमाडौं।  पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक

शुभेच्छुकको भीड छिचोल्दै पूर्वराजा शाह विमानस्थलबाट निर्मल निवासतर्फ

शुक्रबार, फागुन १,  काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन निर्वाचन आयोगको आग्रह

काठमाडौं, माघ २९ निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूलाई आगामी फागुन ३ गतेभित्र आफ्नो निर्वाचन

हिउँ पर्ने बहानामा दुई चरणमा निर्वाचन स्वीकार्य छैन : ओली

 माघ २२,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिउँ पर्ने बहानामा निर्वाचन दुई चरणमा

व्यक्तिगत डाटा संरक्षण कानुन नहुँदा चोरी र दुरुपयोग बढ्दै

 माघ २० , काठमाडौं। नेपालमा व्यक्तिगत डाटा संरक्षणसम्बन्धी स्पष्ट कानुन र प्रभावकारी नियमन नहुँदा डाटा