जस्तो गठबन्धन गरेनी एमाले आयो-आयो : नेम्वाङ

भक्तपुर, १६ चैत । नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले एमालेको विरुद्ध जस्तोसुकै गठबन्धन बनाए पनि सूर्य चिन्हको विजयी देशव्यापी हुने दावी गर्नुभएको छ ।

एमालेकै केन्द्रीय सदस्य तथा व्यवसायी दुर्गा प्रसाईले जिल्लाको सूर्यविनायक नगरपालिका वडा नंं ८ मा सञ्चालनमा ल्याउनुभएको हरित कृषि तथा थोक बजार प्रा.लि.को उद्घाटन कार्यक्रममा बोल्दै उपाध्यक्ष नेम्वाङले आगामी निर्वाचन जनादेश र परामादेशबीचमा हुने बताउनुभयो । अपार जनताको साथ र समर्थन एमालेमा रहेको उल्लेख गर्दै उहाँले एमालेले विगतमा राष्ट्रियतको सवालमा खेलेको भूमिका तथा मुलुकको विकास र समृद्धिको नेतृत्व गरेका तथ्यहरुकै आधारमा सूर्यको जित निश्चित रहेको दावी गर्नुभयो ।

जनताको जनादेशबाट स्थानीय तहको निर्वाचनपछि प्रदेश र संघको निर्वाचन हुने उल्लेख गर्दै तीन वटै तहको निर्वाचनमा एमालेको विजय शुनिश्चित जस्तै रहेको उल्लेख गर्नुभयो । कुनै झ्याल तथा धुरीबाट एमलो मुलुकको नेतृत्व गर्ने नभई मुलुकको मुल ढोकाबाट प्रवेश गरी जनताको माग, चाहना र आवश्यकता अनुसारको विकास गर्ने उल्लेख गर्दै उहाँले विश्वको कुनै पनि देशनमा नभएको तथा विश्व नै चकित पर्ने प्रकारको परमादेशबाट बनेको सरकारले जनताको पक्षमा कुनै पनि काम गर्न नसक्ने ठोकुवा गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आगामी तीन वटै तहको निर्वाचनमा एमालेको विजय निशिचत छ । एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बनेको सरकारले नाकाबन्दीको सामना, चुच्चे नक्सा जारी, नेपाललाई भुपरिवेष्ठित राष्ट्रबाट भुजडित राष्ट्र बनाएको, कुनै पनि मुलुकको राष्ट्रियता समान हुने, सुरुङमार्गको सुरुवात, रेलमार्गको शुभारम्भ, भुकम्पपछिको पुनः निर्माण, विभिन्न ठूला ठूला राष्ट्रिय आयोजनाहरुको निर्माणलगायतका असंख्य कार्यहरु नेपाल र नेपाली जनताको पक्षमा भएका छन् । तिनिहरुलाई लिएर जनताको माझमा जानेछ । जनताले अपार मायाको साथमा जनमत दिनुहुने छ । र जनताको जनादेशबाट झ्यालबाट हैन, घरको धुरीबाट हैन, सिंहदरवारको मुल ढोकाबाट फेरी एमालेले मुलुकको नेतृत्व गर्नेछ । त्यस्तैले जस्तोसुकै गठबन्धन गर्नुस्, एमाले त आयो आयो, सूर्य त आयो आयो ।’

एकीकृत समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल आगामी निर्वाचनमा हार्ने दावी गर्दै उपाध्यक्ष नेम्वाङले एमालेको जनलह तथा पार्टी प्रवेश गरेको देखेर नेता खनाल, पुष्प कमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, शेरबहादुर देउवा लगायतका नेतहरुको होस् हराई सकेको तर्क गर्नुभयो । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी तथा जनमोर्चाले चुनाबको लागि गठबन्धन गर्नुको अर्को विकल्प नै नभएको उल्लेख गर्दै उहाँले गठबन्धन नगरे धेरै पार्टीहरुको जनमानत जफत हुने समेत दावी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत पाटनमा अब फैसला विद्युतीय प्रणालीमा प्रविष्ट गरिने

असोज १८, काठमाडौं । उच्च अदालत पाटनले प्रमाणीकरण भएका फैसलालाई विद्युतीय प्रणालीमा प्रविष्ट गरी अभिलेखीकरण

हिमालयको चेतावनी’ बोकेर संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री बालेन, जलवायु न्याय र त्रिदेशीय संयन्त्रको जोडदार माग

जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

 असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध