पाल्पालाई ढाकाको राजधानी घोषणा

पाल्पा, चैत १४ः पाल्पालाई ढाकाको राजधानी घोषणा गरिएको छ । शनिबार लुम्बिनी प्रदेशका कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्तीले पाल्पालाई ढाकाको राजधानी घोषणा गरेकी हुन् । जिल्लालाई ढाकाको राजधानी घोषणाले ढाकाको प्रवर्द्धन गर्न सहयोग पुग्ने मन्त्री घर्तीले बताइन् । पाल्पा जिल्लाले विगत छ दशकदेखि नै ढाका उत्पादन गरिरहेकाले राजधानी घोषणाले ढाकाको पहिचानलाई स्थापित गर्ने र ढाकाको बजार प्रवर्द्धनमा सहयोग पुग्ने उनले बताइन् ।

हाल पाल्पा जिल्लाभर एक दर्जनभन्दा बढी ढाका उद्योग छन् । ती ढाका उद्योगमा एक हजारभन्दा बढीले काम गरिरहेको बताइएको छ । पाल्पाली ढाकालाई पहिचान दिन र आन्तरिक उत्पादनलाई स्वदेश तथा विदेशमा निर्यात गर्न जिल्लालाई ढाकाको राजधानी घोषणा सहयोग पुर्याउने तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बताए ।

पाल्पाली ढाकाले आफ्नै ब्रान्ड पाइसकेको सन्दर्भमा जिल्लालाई नै ढाकाको राजधानी घोषणाले ढाका व्यवसायीलाई उत्पादनमा प्रोत्साहन गर्ने र बजारमा स्थापित गर्न सहयोग पुग्ने उनले बताए । परम्परागत रूपमा हातले बनाएका ढाकाबाट अहिले विभिन्न सामग्री उत्पादन हुन्छन् । अहिले पाल्पाली ढाकाले आफ्नै ब्रान्ड पाउन सफल भइसकेकाले पाल्पालाई चिनाउन राजधानी घोषणाले सहयोग पुग्ने पाल्पाली ढाका सङ्घका अध्यक्ष मनोज पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन