फाल्गुन १६, २०७८। काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेता डा. बाबुराम भट्टराईले एमसीसीको मामलामा माओवादीले ‘पिसाब फेरिसकेपछि मात्रै चर्पीको ढोका देखेको’ आरोप लगाएका छन् ।
संसदबाट एमसीसी अनुमोदन भएपछि विगतमा माओवादीले गरेको विरोधलाई लक्षित गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले माओवादीले ‘चर्पीको तलसम्म फोहोर पारेको र त्यो सोहोर्न धेरै मेहनत गर्नुपर्ने’ पनि बताएका छन् । चर्पीलाई बिम्ब बनाएर भट्टराईले माओवादीप्रति कटाक्ष गरेका हुन् । उनले भनेका छन्– विभिन्न नाटकीय घुम्तीहरू पार गर्दै अन्ततः एमसीसी अनुदान सम्झौता संसदबाट पारित हुनु स्वागतयोग्य छ । पिसाब फेरिसकेपछि दैलो देखेका कणहरूले तलसम्म पारेको फोहर सोहोर्न चाहिं मेहनत गर्नैपर्ला !
भट्टराईले माओवादी नेता प्रचण्डतिर व्यंग्य गर्दै आफ्नो पार्टीको नेताकार्यकर्तालाई भ्रममा राख्ने , अमेरिकासङ्ग गोप्य चिट्ठी पठाााउने, चिट्ठीको खुलासा हुँदा पुनः एमसीसी पास नगर्न अमेरिकीलाई चक्मा दिन र राष्ट्रियता बचाउन चिट्ठी लेखेको भन्ने, सडकमा ढुङ्गामुडा गर्न कार्यकर्ता ओरालेर नौटङ्की मच्चाउने घृणित कच्चा खेल खेले अन्तिममा उनको नाङ्गो नाचको धोती खुस्कियो र आम कार्यकर्ता र जनताले असली प्रचण्डको रुप देखे यसको नतिजा त आगामी चुनावमा जनमुल्याङ्कन हुने नै छ। सबैभन्दा बढी प्रचण्डको यो छब्दभेसी रुपको फाइदा एमाले लिने दाबी भट्टराईले गरेका छन ।
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने