कांग्रेस सभामुखको विकल्पको खोजीमा

काठमाडौँ, १३ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट पास गर्ने विषयमा सत्ता गठबन्धनभित्र असहमति चुलिएपछि प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस गठबन्धनको विकल्प खोज्दै अघि बढ्न तयार भएको छ । पाँच दलीय गठबन्धन बनेको १० महिनामा नै प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन तोड्दै एमसीसी पास गर्न तयार भएका हुन् ।

बिहीबार प्रतिनिधि सभा बैठक स्थगित भएपछि प्रधानमन्त्री देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच एकै दिन दुई चरणमा वार्ता भएको थियो । दिउँसो संसद् भवनमै र साँझ प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा वार्ता भएको हो । प्रमुख सत्तारूढ दल कांग्रेसले गठबन्धनभित्रबाट एमसीसीमा सहमति हुने अवस्था नदेखेपछि एमालेको साथ खोज्दै आइरहेको छ ।

बिहीबार डाकिएको प्रतिनिधि सभाको बैठकअघिसमेत गबन्धनभित्र एमसीसीका विषयमा सहमति नजुटेपछि कांग्रेस विकल्पको रोज्न अघि बढेको हो । कांग्रेस पछिल्ला केही दिनयता सभामुखको भूमिका प्रतिसमेत असन्तुष्टसँगै सचेत बनेको छ । उच्च स्रोतका अनुसार प्रमुख प्रतिपक्षी दल एमालेले एमसीसीमा सहमति गर्ने अवस्था बन्दै गर्दा कांग्रेससमेत एमालेले उठाउँदै आएका मागप्रति लचक बनेको छ । ‘गठबन्धनमा पनि बस्ने सरकारको प्रस्तावको विरोधमा पनि उत्रने, यो शैली देशकै लागि हानिकारक छ भन्ने कांग्रेसको निष्कर्ष हो, एमसीसी पास गर्ने विषयमा एमाले लचक भए उसले उठाएका माग पूरा गर्न सरकार पनि लचक हुन्छ, अब अवस्था त्यस्तो बन्दै छ, त्यहीअनुसार तारन्तार संवाद अघि बढेका छन्,’ स्रोतले भन्यो  ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

ईयू आबद्ध देशका राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट

काठमाडौं  जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध