निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मतदान गर्ने गोप्य स्थलबाहेकका मतदान स्थलको भिडियो दृश्य लिने योजना बनाएको छ । स्थानीय निर्वाचन घोषणा भएपछिको तयारीबारे दिएको अन्तर्वार्तामा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदानस्थलमा मतदानको दिन र मतगणना हुँदासम्म दिनभरि के कस्ता घटना भए त्यसको दृश्याङ्कन सीसीटीभी, क्यामरा, ड्रोन र अन्य प्रविधि प्रयोग गरी गर्ने व्यवस्थामा आयोग जुटेको जानकारी दिए ।
उनले भने, “अलिकति दायाँबायाँ गरेर वा धाँधली गरेर चुुनावलाई प्रभावित गर्ने सोच अब त्यागे हुन्छ ।” उनले ती सबै दृश्य निर्वाचन आयोगमा ल्याउने गरी योजना बनाइएको बताए । देशभरि करिब २३ हजार पाँच सय मतदान केन्द्र रहने छन् । सबै केन्द्रमा दृश्य लिने व्यवस्था गरिने प्रमुख आयुक्त थपलियाले प्रष्ट्याए । आयोगले मतदानका क्रममा हुन सक्ने घटना वा मतदानपछि विश्वसनीयतालाई लिएर कुनै सबाल उठे कैद गरिएको दृश्यलाई सहयोगी सामग्रीका रूपमा लिएर आवश्यक निर्णय लिने तयारी गरेको छ ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ कात्तिक , २८
काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री
काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु
काठमाडौँ, असोज ५ गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय
काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित