February 1, 2022

देउवाको प्रस्तावमा प्रचण्ड–नेपालको आपत्ति

सत्ता गठबन्धनमा अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) को विषयलाई लिएर विवाद चर्किएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बालुवाटारमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमक्ष चालु संसद् बैठकबाट एमसीसी अनुमोदन गरेर अगाडि बढ्ने प्रस्ताव राखेका थिए । तर, उनको प्रस्तावमाथि प्रचण्ड र नेपालले आपत्ति जनाएका छन् ।

प्रचण्डले एमसीसी परियोजना संशोधन नगरी संसद्मा लैजान नसकिने पुरानै अडान दोहोर्याउँदै संशोधन गरेर मात्र अगाडि बढाउन प्रधानमन्त्री देउवालाई सुझाव दिएको प्रचण्डको सचिवालयका एक सदस्यले बताए । उनका अनुसार प्रचण्डकै भनाइमा समर्थन जनाउँदै एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमसीसीको विषयमा सत्ता गठबन्धमा विवाद बढाउनुको सट्टा सहमतिको आधारमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।

सत्ता गठबन्धनभित्र एमसीसीको विषयलाई लिएर गठित कार्यदलका सदस्यहरूले संशोधन गर्नुपर्ने विषयसहितको सुझाव प्रधानमन्त्री देउवासहित शीर्ष नेताहरूलाई अवगत गराइसकेको भए तापनि सत्ता गठबन्धनबीच अझै एमसीसीको विषयमा साझा धारणा बन्न सकिरहेको छैन । सरकारको नेतृत्व गरिरहेको कांग्रेसले एमसीसी तत्काल अगाडि बढाउने प्रस्ताव अगाडि सारिरहँदा सत्ता सहयात्री चारै दलले असहमति राख्दै आएका छन् । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

सर्वोच्च अदालतमा आंशिक सेवा सुरु

काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु

तीन दिनसम्म जलिरह्यो सर्वोच्च, ललितपुरको दमकलले निभायो आगो

काठमाडौँ, असोज ५  गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय

जेनजी आन्दोलनमा घुसपैठ भएको दाबी, सहभागी युवाहरुलाई फिर्ता हुन आह्

काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित