स्थानीय तहको निर्वाचन संविधान बमोजिम नै हुने

काठमाडौँ, माघ ५ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानमा तोकिएको मितिभित्र स्थानीय तहको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार बसेको सत्तारूढ गठबन्धन दलका शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्री देउवाले सङ्घीयतालाई सबल र सफल बनाउन सरकार संविधानमा भएको व्यवस्थाअनुसार निर्वाचन गर्न लागिरहेको बताउनुभएको हो । बैठकमा राष्ट्रिय सभाको चुनाव तथा स्थानीय तहको निर्वाचन तथा राष्ट्रिय निर्वाचनको तयारीमा छलफल भएको थियो ।

सो बैठकमा संविधानबमोजिम नै स्थानीय तहको निर्वाचन गर्ने सहमति पनि भएको छ । निर्वाचनको मिति भने दलहरूका आन्तरिक बैठकमा थप छलफल तथा तयारीपछि तय गर्ने गरी अर्काे बैठक बस्ने पनि निर्णय भएको छ । बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानले गरेको व्यवस्थाभित्रै निर्वाचन सम्पन्न गर्न दलहरूबीच सहमति भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार यस विषयमा दलहरूबीच थप गृहकार्य गरेर बैठक बस्ने भएको छ । उहाँले सञ्चारकर्मीहरूसँग भन्नुभयो, “सङ्घीयतालाई बलियो पार्न संविधानले तोकेबमोजिमको समयमा निर्वाचन गराई स्थानीय सेवा प्रवाह गर्ने कुरामा हामी सचेत छौँ । त्यस कारण समयमै स्थानीय तहको निर्वाचन सम्पन्न हुन्छ ।”

मन्त्री कार्कीका अनुसार निर्वाचनका विषयमा सरकारले निर्वाचन आयोगसँग पनि निरन्तर परामर्श गरिरहेको छ, यस विषयमा सरकारले चाँडै निर्णय लिनेछ । बैठकपछि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेता देवप्रसाद गुरुङले पनि संवैधानिक व्यवस्थाअनुसार निर्वाचन सम्पन्न गर्ने विषयमा दलहरूबीच सहमति भएको बताउनुभयो ।

निर्वाचन आयोगले भने आगामी वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ । निर्वाचन आयोगका पदाधिकारीहरूले यसअघि प्रधानमन्त्री देउवालाई भेटेर स्थानीय तह निर्वाचन गर्ने तयारीका बारेमा आयोगको तयारीबारे अवगत गराइसकेका छन् ।

संवैधानिक व्यवस्था
नेपालको संविधानको धारा २२५ मा गाउँ सभा तथा नगर सभाको कार्यकालको व्यवस्था गरेको छ । सो दफामा गाउँ सभा र नगर सभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्षको हुने उल्लेख छ । त्यस्तो कार्यकाल समाप्त भएको छ महिनाभित्र अर्काे गाउँ सभा तथा नगर सभाको निर्वाचन सम्पन्न गर्नुपर्नेछ भन्ने कुरा उल्लेख गरिएको छ । हाल मौजुदा स्थानीय तहका पदाधिकारीको निर्वाचन २०७४ साल वैशाख ३१ गते सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

छाया अर्थतन्त्रको संकट : जीडीपीको आधाभन्दा बढी अनौपचारिक क्षेत्रमा, अब नेपालले कस्तो भूमिका खेल्नुपर्छ ?

अधिवक्ता तारा निधि पन्त नेपालको अर्थतन्त्रमाथि छाया अर्थतन्त्र (Shadow Economy) को प्रभाव दिनप्रतिदिन गहिरिँदै गएको

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय