काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि भोलि बुधबारबाट काठमाडौंमा महाधिवेशन सुरु हुँदै छ । ‘एकता महाधिवेशन’ भनिएको यो महाधिवेशनमा पार्टीको नेतृत्व लिनका लागि हालका अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देन मैदानमा उत्रिएका छन् । थापाले सोमबार राजधानीको भृकुटीमण्डपमा विशेष कार्यक्रम आयोजना गर्दै उम्मेदवारी घोषणा गरेका हुन् ।
आफूले राप्रपाालाई एकताबद्ध रूपमा अघि बढाउन चाहेको र बीचमै मैदान छाडेर भाग्न तयार नरहेको बताउ“दै उनले राप्रपालाई एकढिक्का बनाउने अभियानमा आफ्नो उम्मेदवारी नेतृत्वका लागि रहने उल्लेख गरे । नेतृत्वका लागि नेता लिङ्देनलेसमेत उम्मेदवारी घोषणा गरिसकेका छन् ।
यसपटकको महाधिवेशनमा हालका अध्यक्षत्रयमध्येका थापाबाहेकका दुई पशुपतिशमशेर जबरा र डा। प्रकाशचन्द्र लोहनी भने मैदानबाहिरै रहने भएका छन् । उनीहरू मैदानबाहिर रहँदा समर्थन भने ‘कसलाई दिन्छन् रु’ भन्ने चासो राप्रपा वृत्तमा बढेको छ । जबरानिकट एक नेताका अनुसार उनले आफू अध्यक्षमा नउठ्ने बताइसकेका छन् ।
जबराले पार्टी एकताबद्ध बनाएर अघि बढ्नु पर्ने आवश्यकता रहेको औंल्याउँदै आफू भने नेतृत्वमा नभिड्ने सन्देश दिइसकेका हुन् । ‘उहाँले म उठ्दिन भनेर भनिसक्नु भएको छ, उहाँ एकता प्रयासमा हुनुहुन्छ, सहमतिबाटै नेतृत्व चयन गर्ने जोड हो,’ जबरानिकट स्रोतले राजधानीसँग भन्यो । तर, अर्का अध्यक्ष लोहनीले पनि अध्यक्षका उम्मेदवार लिङ्देनलाई सघाउने बचन दिइसकेका छन् ।
उनले आज मंगलबार बिहान ११ बजे जमलस्थित होटल एल्लो प्यागोडामा पत्रकार सम्मेलनमार्फत औपचारिक रूपमै लिङ्देनलाई सघाउने घोषणासमेत गर्दै छन् । लोहनीनिकट नेता जनकराज पाठकले नयाँ पुस्तामा पार्टी नेतृत्व सुम्पिन लोहनी तयार भएको र लिङ्देनलाई सघाउने जानकारी दिएका हुन् । राप्रपा महाधिवेशन भोलिबाट सुरु भएर १७ मंसिरमा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ । यो समाचार राजधानी दैनिकमा छ ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ कात्तिक , २८
काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री
काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु
काठमाडौँ, असोज ५ गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय
काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित