सबैलाई अनुकूल हुने गरी दूधको मूल्यवृद्धि गर्न सुझाव

काठमाडौं, मंसिर ११: कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले सबैलाई अनुकूल हुने गरी दूधको मूल्यवृद्धि गर्नुपर्ने बताएका छन् । कृषि मन्त्रालयअन्तर्गत राष्ट्रिय दुग्ध विकास बोर्डमा आयोजित दुग्ध क्षेत्रको ‘ब्रिफिङ’ कार्यक्रममा मन्त्री यादवले सबैको आवश्यकता हेरेर दूधको मूल्यवृद्धि गर्नुपर्ने बताए । दूधको अवस्था के छ, किसानको अवस्था के छ, उद्योगको अवस्था के छ, यी सबै कुराको अध्ययन गरेर मात्र मूल्यवृद्धि गर्नुपर्छ, उनले भने, “उपभोक्तालाई पनि मार नपरोस् किसानलाई पनि मार नपरोस् सबै विषयको वैज्ञानिक अध्ययन गरेर मात्र मूल्यवृद्धि गर्नुपर्छ । ”

मन्त्री यादवले दूधको औपचारिक बजार विस्तार गर्नुपर्ने कुरामा जोड दिए । दूध तथा दुग्धजन्य पदार्थको अभावलाई कम गर्नका लागि औपचारिक बजार विस्तार गर्नुपर्ने बताउँदै उनले बढी भएको दूध खपतका लागि त्यसको विविधतामा पनि जोड दिनुपर्ने बताए । दूध, दही, पनिर मात्र बेचेर हुँदैन, त्यसका अरू आइटम बनाउनुपर्छ, उनले जोड दिँदै भने, “दूधमा जति विविधता हुन्छ, त्यति खपत हुन्छ, त्यसका लागि सम्बन्धित क्षेत्रले अध्ययन गरेर अगाडि बढ्नुपर्छ । ” यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०