नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै आन्तरिक वायुसेवा सञ्चालक हवाई कम्पनीहरूले पनि तिहारमै हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालक संघ नेपालले आयल निगमले प्रतिलिटर १० रुपैयाँ हवाई इन्धनले मूल्य बढाएको भन्दै अहिले काठमाडौंबाट सबैभन्दा लामो दूरीको विमानस्थल रुटमा प्रतियात्रु ४ सय ४० रुपैयाँसम्म हवाई भाडा बढाएका हुन् । यो समाचार राजधानी दैनिकमा छ ।

वायुसेवा सञ्चालक संघले हवाई इन्धनको मूल्यवृद्धि भएसँगै स्वचालित प्रणालीअनुसार हवाई कम्पनीले पनि केही भाडा बढाएको जनाएको छ । संघका अनुसार काठमाडौंबाट पर्वतीय उडानमा अब साबिकको तुलनामा प्रति यात्रु ३ सय ४५ रुपैयाँले भाडा बढेको छ ।
यसैगरी, काठमाडौंबाट झापाको भद्रपुर विमानस्थलका लागि प्रतियात्रु ३ सय रुपैयाँ, काठमाडौं–विराटनगरका लागि प्रतियात्रु २ सय ४० रुपैयाँ, काठमाडांै–जनकपुरका लागि प्रतियात्रु १ सय ३० रुपैयाँ, काठमाडांै–भरतपुरका लागि प्रतियात्रु १ सय ५ रुपैयाँ, काठमाडांै–पोखराका लागि प्रतियात्रु १ सय ५५ रुपैयाँ र काठमाडौं–भैरहवाका लागि प्रतियात्रु २ सय ५ रुपैयाँले हवाई भाडा वृद्धि भएको छ ।
त्यसैगरी, काठमाडौ–नेपालगन्जका लागि प्रतियात्रु ३ सय ३० रुपैयाँ, काठमाडांै–तुम्लिङटारका लागि प्रतियात्रु १ सय ८५ रुपैयाँ, काठमाडांै–सुर्खेतका लागि प्रतियात्रु ३ सय ४५ रुपैयाँ र काठमाडौं–राजविराजका लागि प्रतियात्रु २ सय ५ रुपैयाँ भाडा वृद्धि भएको छ ।
वृद्धि भएको नयाँ भाडादरसँगै अब पोखरा–भरतपुरका लागि प्रतियात्रु १ सय १० रुपैयाँ, पोखरा–भैरहवाका लागि प्रतियात्रु १ सय ३० रुपैयाँ, पोखरा–सिमराका लागि प्रतियात्रु २ सय २० रुपैयाँ, पोखरा–नेपालगन्जका लागि प्रतियात्रु २ सय ३५ रुपैयाँ, पोखरा–विराटनगरका लागि प्रतियात्रु ३ सय ५५ रुपैयाँ र पोखराबाट पर्वतीय उडानका लागि प्रतियात्रु ३ सय १५ रुपैयाँ बुझाउनुपर्नेहुन्छ ।
यसैगरी, विराटनगरबाट पर्वतीय उडानका लागि प्रतियात्रु ३ सय २० रुपैयाँ, विराटनगरबाट तुम्लिङटारका लागि प्रतियात्रु १ सय ५ रुपैयाँ बढी तिर्नुपर्ने भएको छ । त्यसैगरी, भरतपुर–भैरहवा रुटका लागि प्रतियात्रु १ सय ३५ रुपैयाँ र रामेछाप–लुक्ला रुटमा प्रतियात्रु साबिकभन्दा ७५ रुपैयाँ इन्धन सरचार्ज बढेको संघले जनाएको छ ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ कात्तिक , २८
काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री
काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु
काठमाडौँ, असोज ५ गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय
काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित