November 4, 2021

हवाई भाडा ४ सय ४० रुपैयाँसम्म बढ्यो, तिहार र छठका यात्रु मर्कामा

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै आन्तरिक वायुसेवा सञ्चालक हवाई कम्पनीहरूले पनि तिहारमै हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालक संघ नेपालले आयल निगमले प्रतिलिटर १० रुपैयाँ हवाई इन्धनले मूल्य बढाएको भन्दै अहिले काठमाडौंबाट सबैभन्दा लामो दूरीको विमानस्थल रुटमा प्रतियात्रु ४ सय ४० रुपैयाँसम्म हवाई भाडा बढाएका हुन् । यो समाचार राजधानी दैनिकमा छ ।

वायुसेवा प्रदायक कम्पनीहरूले बुधबारदेखि नै लागू हुनेगरी, काठमाडौं–धनगढी रुटमा सबैभन्दा धेरैप्रति यात्रु अहिलेको भन्दा ४ सय ४० रुपैयाँले भाडा वृद्धि गरेका छन् । यसैगरी, काठमाडौंबाट सबैभन्दा कम काठमाडौं– सिमारा छोटो दूरीको रुटमा प्रति यात्रु ९५ रुपैयाँ भाडा वृद्धि गरेका छन् । जसका कारण तिहार र छठका हवाई यात्रु थप मर्कामा पर्ने भएका छन् ।

वायुसेवा सञ्चालक संघले हवाई इन्धनको मूल्यवृद्धि भएसँगै स्वचालित प्रणालीअनुसार हवाई कम्पनीले पनि केही भाडा बढाएको जनाएको छ । संघका अनुसार काठमाडौंबाट पर्वतीय उडानमा अब साबिकको तुलनामा प्रति यात्रु ३ सय ४५ रुपैयाँले भाडा बढेको छ ।

यसैगरी, काठमाडौंबाट झापाको भद्रपुर विमानस्थलका लागि प्रतियात्रु ३ सय रुपैयाँ, काठमाडौं–विराटनगरका लागि प्रतियात्रु २ सय ४० रुपैयाँ, काठमाडांै–जनकपुरका लागि प्रतियात्रु १ सय ३० रुपैयाँ, काठमाडांै–भरतपुरका लागि प्रतियात्रु १ सय ५ रुपैयाँ, काठमाडांै–पोखराका लागि प्रतियात्रु १ सय ५५ रुपैयाँ र काठमाडौं–भैरहवाका लागि प्रतियात्रु २ सय ५ रुपैयाँले हवाई भाडा वृद्धि भएको छ ।

त्यसैगरी, काठमाडौ–नेपालगन्जका लागि प्रतियात्रु ३ सय ३० रुपैयाँ, काठमाडांै–तुम्लिङटारका लागि प्रतियात्रु १ सय ८५ रुपैयाँ, काठमाडांै–सुर्खेतका लागि प्रतियात्रु ३ सय ४५ रुपैयाँ र काठमाडौं–राजविराजका लागि प्रतियात्रु २ सय ५ रुपैयाँ भाडा वृद्धि भएको छ ।

वृद्धि भएको नयाँ भाडादरसँगै अब पोखरा–भरतपुरका लागि प्रतियात्रु १ सय १० रुपैयाँ, पोखरा–भैरहवाका लागि प्रतियात्रु १ सय ३० रुपैयाँ, पोखरा–सिमराका लागि प्रतियात्रु २ सय २० रुपैयाँ, पोखरा–नेपालगन्जका लागि प्रतियात्रु २ सय ३५ रुपैयाँ, पोखरा–विराटनगरका लागि प्रतियात्रु ३ सय ५५ रुपैयाँ र पोखराबाट पर्वतीय उडानका लागि प्रतियात्रु ३ सय १५ रुपैयाँ बुझाउनुपर्नेहुन्छ ।

यसैगरी, विराटनगरबाट पर्वतीय उडानका लागि प्रतियात्रु ३ सय २० रुपैयाँ, विराटनगरबाट तुम्लिङटारका लागि प्रतियात्रु १ सय ५ रुपैयाँ बढी तिर्नुपर्ने भएको छ । त्यसैगरी, भरतपुर–भैरहवा रुटका लागि प्रतियात्रु १ सय ३५ रुपैयाँ र रामेछाप–लुक्ला रुटमा प्रतियात्रु साबिकभन्दा ७५ रुपैयाँ इन्धन सरचार्ज बढेको संघले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०