October 30, 2021

हृदयाघात भएर अस्पताल पुग्ने युवाको संख्या नेपालमा बढ्दाे

हृदयाघात भएर अस्पताल पुग्ने युवाको संख्या पछिल्ला वर्षमा बढ्दै गएको मुटुरोग विशेषज्ञ बताउँछन्। सहिद गंगालाल हृदय केन्द्रमा हृदयाघात भएर पुग्ने युवा तुलनात्मक रुपमा २४ वर्षदेखि ४५ वर्ष उमेरसम्मका धेरै रहेको केन्द्रका निर्देशक डा. अधिकारीको अनुभव छ। ‘अस्पतालमा दैनिकजसो युवा हृदयाघात भएर आइरहेका हुन्छन्, कतिपय २४/२५ वर्षका पनि छन्’, उनले भने। आजको नागरिक दैनिकमा समाचार छ ।

सन् २०१८ मा केन्द्रमा भएको अध्ययनअनुसार हृदयाघात भएर भर्ना भएका मध्ये १२ प्रतिशत ४५ वर्ष उमेरमुनिका युवा थिए। तीमध्ये २ दशमलब २ प्रतिशत ३५ वर्षमुनिका थिए। सन् २०१५ मा हृदयाघात भएका २४ देखि ४५ वर्ष उमेरभित्रका युवाको संख्या १०.९ प्रतिशत थियो।

अध्ययनले हृदयाघातबाट पीडितमध्ये ५४ प्रतिशत धूमपानका अम्मली, ३६.६ प्रतिशत उच्च रक्तचापका रोगी, २५.३ प्रतिशत मधुमेहका रोगी, ७.८ प्रतिशत कार्डिसियल र डाइस्लिपिडेमिया भएका थिए। अध्ययनले हृदयाघात भएका मध्येमा ३९ प्रतिशत धूमपान गरिरहेका, ४३.६ प्रतिशत धूमपान नगरेका र १४.८ प्रतिशत पहिला धूमपान गरेर छाडेका देखाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

सर्वोच्च अदालतमा आंशिक सेवा सुरु

काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु

तीन दिनसम्म जलिरह्यो सर्वोच्च, ललितपुरको दमकलले निभायो आगो

काठमाडौँ, असोज ५  गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय

जेनजी आन्दोलनमा घुसपैठ भएको दाबी, सहभागी युवाहरुलाई फिर्ता हुन आह्

काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित