October 30, 2021

ज्येष्ठ नागरिकलाई निमोनियाको खोप दिन चिकित्सकको सुझाव

जाडो मौसमसँगै दिन प्रतिदिन चिसो बढ्दैछ । यही बेला बालबालिकासँगै ज्येष्ठ नागरिकलाई निमोनियाको जोखिम हुन सक्छ । यद्यपि समयमै खोप लगाए रोकथाम हुन सक्ने चिकित्सकको भनाइ छ । कोरोना भाइरस सङ्क्रमितलाई निमोनियाले थप समस्या हुने भएकाले इन्फ्लुएन्जा र निमोनिया नियन्त्रणका लागि खोप लगाउनु राम्रो हुने सुझाव दिइएको छ । ती खोपहरूले कोभिड–१९ को सङ्क्रमणबाट नजोगाउने भए पनि ज्येष्ठ नागरिकलाई इन्फ्लुएन्जा र निमोनियाजस्ता घातक रोगबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने छाती रोग विशेषज्ञ डा. रक्षा पाण्डेले बताइन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

नेपालमा सरकारी कार्यक्रममा बालबालिकालाई निमोनियाको खोप दिने कार्यक्रम सन् २००९ यता समावेश गरिएको छ । तर वयस्क र ज्येष्ठ नागरिकलाई लक्षित खोपको व्यवस्था छैन । जाडो मौसममा निमोनिया लाग्ने जोखिम बढेका कारण ज्येष्ठ नागरिकले अनिवार्य रूपमा खोप लगाउन डा. पाण्डेको सुझाव छ । उनले भनिन्–‘‘ब्याक्टेरियल निमोनियाविरुद्वको खोप ६५ वर्ष नाघेकाले एक पटक मात्र खोप लगाए जीवनभर पुग्छ ।’’ ‘‘खोप लगाउने समय यही बेला हो,’’ उनले भनिन्– ‘‘दमलगायत रोगले सताएका बिरामीलाई निमोनियाको जोखिम धेरै हुन्छ । त्यसैले दीर्घरोगी भएका ज्येष्ठ नागरिकले बढी ख्याल गर्नुपर्छ ।’’ उमेर ६५ वर्ष नपुगेको भए पनि फोक्सो, मुटु वा कलेजोको रोग, मधुमेह वा क्यान्सर भएका अनि रोग प्रतिरोधी क्षमता कम भएका जुनसुकै उमेरका व्यक्तिले निमोनियाको खोप लिनु राम्रो हुने जानकारी उनले दिइन् । हरेक वर्ष विश्व स्वास्थ्य सङ्गठनको सिफारिसमा ‘भाइरसको स्ट्रेन’ हेरेर नयाँ नयाँ इन्फ्लुएन्जाको खोप आउने गरेको उनले उल्लेख गरिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०