ग्वार्कोमा दुई वर्षभित्र फ्लाइओभर

काठमाडौँ, कात्तिक २ गते । व्यवस्थित सहरीकरण तथा ट्राफिक व्यवस्थापन गर्न ललितपुरस्थित चक्रपथसँगैको ग्वार्को चोकमा दुई वर्षभित्र ‘फ्लाइओभर’ बन्ने सम्भावना देखिएको छ ।
सडक विभागअन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक डा. विजय जैसीका अनुसार फ्लाइओभर निर्माणका लागि प्रारम्भिक रूपमा सातवटा कम्पनी छनोट भएका छन् । यीमध्ये निश्चित मापदण्डभित्र रहेर कुनै एक कम्पनीसँग एक महिनाभित्रै निर्माण सम्झौता हुने जानकारी जैसीले दिनुभएको छ । उहाँले सम्झौतामा दुई वर्षभित्र निर्माण कार्य सम्पन्न हुनुपर्ने प्रावधान राखिने बताउनुभयो । यसअनुसार कुनै बाधा अवरोध नभए दुई वर्षभित्रै ‘फ्लाइओभर’ निर्माण हुनेछ ।

सडक विभागले असार अन्तिम साता बोलपत्र आह्वान गरेको थियो । फ्लाइओभर निर्माण गर्न आवश्यक बजेट सुनिश्चित भइसकेको निर्देशक जैसीले बताउनुभयो । उहाँका अनुसार अर्थ मन्त्रालयले ३३ करोड रुपियाँ बजेट सुनिश्चित गरेको छ । सो ठाउँमा फ्लाइओभर निर्माणका लागि यससअघि नै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । जियोकम/बीडीए/रेज जेभीले डीपीआर तयार गरेको थियो ।

सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले चक्रपथको विस्तारित खण्ड कोटेश्वरदेखि कलङ्कीसम्म मुख्य जाम हुने तीन ठाउँमा फ्लाइओभर निर्माण गरिने बताउँदैे सोही क्रममा ग्वार्को चोकमा फ्लाइओभर निर्माण गर्न लागिएको बताउनुभयो । महानिर्देशक थापाले भन्नुभयो, “सबै प्रकारका सवारीसाधन आवतजावत हुन सक्ने यो फ्लाइओभर चार लेनको हुनेछ । निर्माण भइसकेपछि यस चोकमा चक्रपथका सवारीसाधन फ्लाइओभर भएर आवतजावत गर्नेछन् भने पाटन, ग्वार्कोलगायतका ठाउँबाट आउने सवारीसाधन फ्लाइओभरमुनिबाट ‘क्रस’ गर्नेछन् ।” फ्लाइओभरको कुल लम्बाइ ४५५ मिटर हुनेछ । फ्लाइओभरको ग्राउन्ड क्लियरेन्स ६ मिटर हुनेछ ।

फ्लाइओभरको उचाइ ५.५ मिटरको हुनेछ । ओभरपासमा सवारीसाधन चढ्न दायाँतर्फ १८० मिटर र बायाँतर्फ ११० मिटरको ¥याम निर्माण गरिनेछ । सडकखण्डमा बढ्दै गएको सवारी चाप कम गर्न यसअघि नै जापान सहयोग नियोग (जाइका)ले त्रिपुरेश्वरदेखि माइतीघरसम्म सीधा फ्लाइओभर बनाउने सुझावसहित प्रतिवेदन सरकारलाई बुझाइसकेको छ । यो फ्लाइओभर निर्माणसँगै त्रिपुरेश्वर, थापाथली र माइतीघरको जाम पूर्ण रूपमा हट्ने सो प्रतिवेदनमा उल्लेख छ ।

जाइकाको सो प्रतिवेदनअनुसार यो फ्लाइओभर निर्माणका लागि नेपाली सेनाको जङ्गी अड्डा र त्रिभुवन विश्वविद्यालयको केही जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको छ । सेनाले भने सुरक्षा संवेदनशीलता देखाउँदै जग्गा दिन अस्वीकार गरेपछि सो प्रतिवेदन त्यत्तिकै थन्किएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन