मन्त्रिपरिषद् विस्तार आज गर्ने सम्भावना

काठमाडौं, असाेज २२ः प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको झण्डै तीन महिनापछि बिहीबार घटस्थापनाको दिन मन्त्रिपरिषद्ले पूर्णता पाउने चर्चा पनि यसअघिको चर्चाझैं असत्य सावित भएको छ ।

आन्तरिक गृहकार्य नपुगेको भन्दै सत्ता गठबन्धनले शुक्रबार मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति गरेको छ । प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले आन्तरिक तयारी नपुगेकाले शुक्रबार मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको बताए ।

सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी दलले मन्त्री छान्न नसक्दा मन्त्रिपरषद्ले पूर्णता पाउन नसकेको हो । दलहरुबीच मन्त्रालयको मोटामोटी भागवण्डा मिले पनि केही विषयमा अझै कुरा मिलाउन बाँकी रहेको बताइएको छ । एकीकृत समाजवादीले एक राज्यमन्त्रीसहित ५ मन्त्री मात्रै पाउने गरी भागवण्डा भएको थियो तर उक्त दलले थप एक मन्त्री पाउनुपर्ने अडान राखेपछि मन्त्रिपरिषद् विस्तारमा सहमति जुटन नसकेको बताइएको छ ।

मन्त्री छनोट गर्ने विषयमा सरकारको नेतृत्व गरिरहेको कांग्रेसभित्र पनि सहमति जुट्न सकिरहेको छैन । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई दुई मन्त्रालय दिने तयारी गरेका छन् । तर, पौडेल पक्षले भने तीन मन्त्रालय पाउनुपर्ने अडान कायमै राखिरहेका कारण मन्त्री छनोट हुन नसकेको बताइएको छ ।

त्यस्तै, सत्ता गठबन्धनका आबद्ध दलहरूलाई पार्टीभित्रबाट मन्त्री छनोट गर्न पनि सकस भएको छ । गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने चार मन्त्रीको नाम टुंगो लगाए पनि अन्य दलले मन्त्री छान्न सकेका छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा