बाघबाट जोगिएर पुनर्जन्म पायौँ, सम्झँदा अहिले पनि मुटु काँपिरहेको छ, बाँचेर फर्किएको विश्वास अहिले पनि लागिरहेको छैन”, बाँकेको गाभरमा बाघको घेराबाट उद्धारपछि बाँचेका कालिका खड्काको भनाइ हो यो । बाघको मुखबाट बाँचेर घर फर्केकी खड्काले भोलिपल्ट बाघको डरले घरबाट बाहिर निस्कन नसकेको बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

बाँकेको राप्तीसोनारी गाउँपालिका–१, गाभरका कालिका खड्का, हीरा खड्का र सेतु ओली बस्तीनजिकैको जङ्गलमा भैँसी, बाख्रा चराउन गएको बेला चारवटा पाटेबाघको घेरामा परेका थिए । “चारवटा पाटेबाघले घेरेपछि ज्यान जोगाउन हतार–हतार रूखमा चढ्यौँ, डेढ घण्टासम्म रूखबाटै हारगुहार गरेपछि बल्ल निकुञ्जका हात्तीले आएर उद्धार गर्दा बाँचेर फर्किएका हौँ, बाँच्ने आशा मारिसकेका थियौँ”, खड्कासँगै बाघको घेरामा परेका सेतु ओलीले भने । उनले उद्धारपछि तीनै जनाले पुनर्जन्म पाएको अनुभव व्यक्त गरे । बाघबाट जोगिन तीनवटा रूखमा चढेका उनीहरूलाई करिब डेढ घण्टापछि निकुञ्जका हात्तीको सहायताले नेपाली सेनाले उद्धार गरेको थियो ।
ज्यान जोगाउन रुखमा चढ्दा बाघले आफूूहरूलाई झम्टिन नसकेपछि बाख्रा र भैँसीलाई लखेट्दै तितरबितर पारेका थिए । बाघले रुखवरिपरि घेरा हालेर दाह्रा र नङ्ग्रा ठीक पारेको अवस्था निकै पीडादायी रहेको हीरा खड्काले बताइन् । खड्काले त्यो क्षण सझिइन् “भैँसी र बाख्रा चरिरहेका थिए, हामीहरू बसेर गफ गरिरहेका थियौँ,एक्कासि भैँसी र बाख्रा दौडिन थाले । हेर्दा त चारवटा पाटेबाघ नजिकै आइसकेका थिए, ज्यान जोगाउन हतार–हतार रूखमा चढ्यौँ, रुखमा बसेर कराउन, चिच्याउन थाल्यौँ, बाघ हामीलाई घेरा हालेर भुइँमा बसे । अनि हाम्रो त सातोपुल्तो गइहाल्यो नि ।”
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ कात्तिक , २८
काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री
काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु
काठमाडौँ, असोज ५ गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय
काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित