कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवरको सतह बढेपछि कुलेखानी खोला वरपरका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

जलाशय क्षेत्रमा भइरहेको वर्षाका कारण आइतबार मध्याह्नबाट जलाशयको सतह बढेर समुद्री सतहबाट एक हजार ५२९ दशमलव ९५ मिटर पुगेको छ । पानीको सतह बढेसँगै बढी भएको पानी ड्याम्पसँगै रहेको द्वारबाट जाने क्रम सुरु भएको छ ।
कुलेखानी जलविद्युत् आयोजना प्रथमका प्रमुख धीरेन्द्र चौधरीले जलाशय भरिन अब पाँच सेन्टिमिटर मात्र बाँकी रहेको बताउँदै जलाशयमा हावासँग उठ्ने छालका कारण बढी भएको पानी पोखिएर कुलेखानी खोलामा मिसिन थालेको जानकारी दिए । पानीको सतह बढ्ने क्रम जारी रहेको र जलाशय क्षेत्रमा थप वर्षा भएमा जलाशय भरिएर निस्कने पानी कुलेखानी खोलामा मिसिने भएकोले कुलेखानी खोला र बागमती नदीको सतहसमेत बढेर जोखिम बढ्ने उनले बताए ।
“जलाशयमा बढी भएको पानी पठाउन गेट भने खोलेका छैनौँ”, उनले भने, “कुलेखानीका तीनवटै आयोजना दिउँसो पूर्ण क्षमतामा सञ्चालन भएको थियो ।” मागका आधारमा आयोजनाबाट विद्युत् उत्पादन हुँदै आएको उनले उल्लेख गरे ।
यसैबीच इन्द्रसरोवर गाउँपालिकाले जलाशयबाट निस्किएको पानी कुलेखानी खोलामा मिसिन थालेको बताउँदै सम्भावित जोखिमबाट बच्न पालिका क्षेत्रका बासिन्दासँग आग्रह गरेको छ ।
बस्ती नजिक बाढी, पहिरो र डुबानको सम्भावित जोखिम रहेको भन्दै पालिकाले नदी र खोलामा माछा मार्ने, पौडी खेल्ने, काठ दाउरा सङ्कलन नगर्न र त्यस्तो क्षेत्रमा नजान सार्वजनिक सूचना जारी गरेको छ ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ कात्तिक , २८
काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री
काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु
काठमाडौँ, असोज ५ गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय
काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित